Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा १ सय ८ जना प्रवेश
    राजनीति

    विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा १ सय ८ जना प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक १४, आईतवार ०२:१० गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा विभन्न पार्टी परित्याग गरी १ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको एक वृहत जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका जिल्ला सभापति उद्धव थापा , आसन्न महाधिवेशनमा जिल्ला सभापतिका दावेदार देउमान थेवे, जिल्ला सदस्य शेरवहादुर थापा, कनकाई नगर सभापति दुर्गा प्रसाईँ, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरीया लगायतले खादा ओढाएर स्वागत सम्मान गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति उद्धव थापाले अबको नेपाली कांग्रेस झापाको नेतृत्वमा नेता थेवेको विकल्प नरहेको प्रष्ट पारेका छन् । जिल्ला सभापतिकालागि थेवेको उम्मेद्वारी नेपाली कांग्रेसको सहमति अनुसार नै तय भएको बताउँदै सभापति थापाले १३ औं महाधिवेशनमा भएको सहमति कार्यान्वयनकालागि सक्रिय रहन कार्यकर्ताहरुलाई समेत अनुरोध गरे ।

    जिल्ला सभापतिका दावेदार थेवेले नेपाली कांग्रेसमा विना सर्त प्रवेश गर्ने नवप्रवेशी सबैलाई स्वागत गर्दै नेपाली कांग्रेसमा नयाँ र पुरानो भन्ने विषयमा कुनै भेदभाव नहुने प्रष्ट पारेका छन् । विचारको राजनीति गर्दै अघि बढेको नेपाली कांग्रेसले कार्यकर्ताको भावनालाई सधैं सम्मान गर्ने बताएका छन् ।

    पार्टीमा प्रवेश गर्ने नवप्रवेशी सदस्यहरुलाई कहिल्यै पछुतो नहुने भन्दै कनकाई नगर सभापति दुर्गा प्रसाईले पार्टीलाई नयाँ उचाईमा पुर्याउने नगरको योजनामा एकजुट हुनकालागि नगरवासी कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
    कार्यक्रममा लामो समयदेखी नेपाली कांग्रेसमा आवद्ध भई पार्टीलाई अभिभावकत्व प्रदान गर्दै आएका जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरिएको नेपाली कांग्रेस कनकाई ५ का पूर्व सभापति रमेशचन्द्र दहालले जानकारी दिएका छन् । यसरी सम्मानित हुनेहरुमा यामनाथ विमली, झम्पलाल आचार्य, मेघनाथ उपाध्यायनेपाल, शंकर प्रसाईँ र डिल्लीराम सेल्वाल रहेको नेपाली कांग्रेसका स्थानीय अगुवा नेता समेत रहेका दहालले बताए ।

    नेपाली कांग्रेस कनकाई ५ का वडासभापति यामनाथ फुयालको सभापतित्व एवम् जिल्ला सभापति थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेता देउमान थेवे, जिल्ला सदस्य गोपाल उप्रेती, शेरबहादुर थापा, पुर्व जिल्ला सदस्य खगेश्वर उप्रेती, नेपाली कांग्रेस झापा क्षेत्र नं.४ का सभापति एवम् झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, क्षेत्रीय सचिवद्वय शिव कडेल र सूर्य गुरुङ, क्षेत्र नं.४ (ख) का सभापति भिम राजवंशी, कनकाई वडा नं.३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, कनकाई नगर नेपाली कांग्रेसका निवर्तनमा सभापति नेत्र चिमरीया, लिलावहादुर कटुवाल, नेता एकराज उप्रेती, प्रकाश चुडाल, कुमारमणि पोखरेल, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरीया लगायत नेपाली कांग्रेस कनकाई नगर समिति साथै नौ वटै वडाका सभापतिसहित पार्टीको विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

    नेपाली कांग्रेस कनकाई ५ का उपसभापति मुक्ति अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन वडाका सहसचिव लक्ष्मी ढुङ्गानाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.