कनकाई खबर / कनकाई नगरपालिका ३ सुरुङ्गा बजारका पुराना व्यवसायी गौरीलाल श्रेष्ठको निधन भएको छ ।
सुनचाँदी व्यवसायी श्रेष्ठ लामो समयदेखि अर्बुद रोगबाट पिडित थिए । श्रेष्ठ सुरुङ्गा बजारमा रहेको सुन्दर एण्ड सन्स ज्वलेरीको संचालक रहँदै आएका थिए । उनको आज बुधवार बिहान साढे १० बजे कनकाई माईमा अन्तिम सँस्कार गरिने भाइ पुर्णलाल श्रेष्ठले जानकारी दिए ।
मृतक श्रेष्ठकी श्रीमती चन्द छोरा प्रविन र छोरी पुजा रहेका छन । कनकाई उद्योग वाणिज्य संघका सदस्य , सुनचाँदी व्यवसायी संघको पूूर्व अध्यक्ष, नागरिक समाज सुरुङ्गाका संस्थापक, मानवअधिकारवादी संस्थाको समेत सदस्य रहेका थिए । मृतक श्रेष्ठ फोक्सोको क्यान्सरबाट १ बर्षदेखि उपचाररत थिए ।
कमेन्टस्