Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईको नेतृत्व सर्वसम्मत बनाउँन युुवाहरुको जोड
    राजनीति

    एमाले कनकाईको नेतृत्व सर्वसम्मत बनाउँन युुवाहरुको जोड

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ८, सोमबार २२:४९ गते2 Mins Read

    कनकाई खबर \ मुलुकभरी नै एकैसाथ हुन लागेको नेकपा एमालेको पालिका अधिवेशनको नेतृत्व सर्वसम्मत बनाउँन कनकाईमा युवाहरुको सक्रियता बढेको छ ।

    नगर कमिटीमा आवश्यक पर्ने मुख्य चारवटा पद अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा दुईजना गरी जम्मा पाँचजना पदाधिकारीकालागि १५ जना भन्दा बढीको नाम चर्चामा आएपछि सर्वसम्मतको पहलकालागि युवा संगठनले सक्रियता देखाएको हो । त्यसमध्ये पनि अध्यक्षकालागि मात्रै तुलाराम बस्नेत, गोविन्द पौडेल, खड्ग प्रसाईँ, गोकर्ण ओझा, ओम पाठक र कृष्णकुमार खतिवडा आकांक्षीका रुपमा देखिएका छन् ।

    उपाध्यक्षकालागि महिला तर्फ सुनिता खरेल सिग्देलको नाम बढी चर्चामा रहेको भएपनि भिष्म मैनाली र जनक कार्की समेत आकांक्षीका रुपमा चर्चामा रहेको बताइएको छ । त्यस्तै सचिवकालागि राधिका ओलीकडरीया, विनोद राना, दिपक चापागाईँ ,छवि थपलिया, दिननाथ खतिवडा लगायत आकांक्षी रहेको बताइएको छ । उपसचिवकालागि अहिले सम्म चर्चामा आएका नाम प्रेमप्रसाद अधिकारी, भरत थपलिया रहेको बताइएको छ । उपसचिवमा समेत अझै थप आकांक्षी रहेका छन् ।

    नयाँ नेतृत्व चयनकालागि कछुवाको तालमा चहलपहल बढेसँगै अध्यक्षको जिम्मेवारी सम्हाल्ने आकांक्ष बोकेर चर्चामा आएका पार्टीका अग्रज व्यक्तित्वहरु विचमा सहमति जुट्न नसकेमा युवाहरुको विचबाट विकल्पको खोजी हुन सक्ने भन्दै युवाहरुको सक्रियता बढेको बताइएको छ । महाधिवेशनकै तयारीकालागि केन्द्रको सर्कुलर अनुसार यही कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ भने आज ९ गते मंगलबार पालिका स्तरको अधिवेशनकालागि पार्टीका कार्यकर्ता विच चहल पहल बढेको हो । यसै क्रममा कनकाई नगरका नौ वटै वडामा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेको छ भने अब नगरको नेतृत्वकालगि पार्टीका अग्रजहरुविचमा छलफल र बहस सुरु भएको छ ।

    नेकपा एमाले कनकाईको नेतृत्वकालागि यतिबेला ६ जना आकांक्षीहरुको नाम चर्चामा आएको भएपनि आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वास गरिएको छ । आकांक्षीहरुलाई एक ठाउँमा बसेर सर्वसम्मत एउटा मात्र नाम बाहिर ल्याइदिन समेत अनुरोध गरिएको छ ।

    अध्यक्षको आकांक्षीका रुपमा यतिबेला चर्चामा आएका मध्ये आकांक्षी सवैजना पार्टीलाई नभइ नहुने व्यक्तित्व भएकाले निर्वाचनको झमेलामा कार्यकर्तालाई विभाजन नगर्न युवा संघ कनकाईले अनुरोध गरेको छ । जुनसुकै संघसंस्था या राजनीतिक दलको नेतृत्व गर्ने व्यक्तिकालागि नेतामा हुनु पर्ने ड्यासिङ पावरको समेत ठूलो महत्व हुने भएकाले आकांक्षीले आँफुुले आँफैलाई मुल्यांकन गर्ने बेला आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.