Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पिताको घरमा अध्यक्ष ओलीको पौने घण्टा, फेरि प्रधानमन्त्री बन्ने योगदेखि आशिर्वादसम्म
    राजनीति

    पिताको घरमा अध्यक्ष ओलीको पौने घण्टा, फेरि प्रधानमन्त्री बन्ने योगदेखि आशिर्वादसम्म

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ८, सोमबार १५:०५ गते2 Mins Read

    झापा \ आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुगेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सीधैँ पिता मोहनप्रसाद ओलीको घर पुगे । जहाँ ९३ वर्षीय पिताका साथै भाइ जयप्रकाश र बुहारीको परिवार बस्छ ।

    अध्यक्ष ओली जहिल्यै झापा आउँदा पिता भेट्न भद्रपुर-१ स्थित पृथ्वीनगरको घरमा पुग्छन् । २०५४ सालपछि बनेको दुई तले घरमा ओली आउँदा छरछिमेकदेखि नेता कार्यकर्ताको चहलपहल हुन्छ ।

    यसपालि त्यस्तै चहलपहल थियो । घरमा बुढा बा भएकाले उनका समकालीन एवं संगतमा रहेका वृद्ध पनि ओली आउने भनेपछि भेला भएका थिए । भद्रपुर विमानस्थलबाट घर पुगेपछि ओलीले झण्डै पौने घण्टा बुवा तथा छरछिमेकसँग भेटघाटमा बिताए ।

    ओलीले परिवारका सदस्यदेखि छिमेकी र नेता कार्यकर्तासँग हालखबर सोध्नेदेखि फोटो खिचाउनेसम्म सहज रुपमा गरे । एकातिर ओली थिए भने अर्कोतिर उनका पिता मोहन बसेर भलाकुसारी गरे । ओलीलाई भेटेका छरछिमेकको भनाइमा ओलीले सञ्चोबिसञ्चो हाल खबर सोधेका थिए । उपस्थित स्थानीयका गुनासा पनि सुनेका थिए ।

    वृद्ध छिमेकी कर्णबहादुर कार्कीले ओलीले सञ्चो/विसञ्चो सोधेको बताए । छिमेकी मन्दिरा कोइरालाले पनि ओली जहिल्यै आउँदा भेट हुने गरेको र गाउँलेका गुनासो सुन्ने गरेको बताइन् ।

    पिता मोहनप्रसादले केपीले राम्रै छ भनेर सोधेको बताए । आफ्नो छोरासँग बेलाबेला कुरा हुने गरेको र काठमाडौं बोलाउने गरेको बताए । ‘तर म काठमाडौ जान्न । उता घुम्न पाइन्न । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेलाबेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन,’ उनले सुनाए ।

    मोहनले केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग रहेको पनि बताए । ‘मेरो आशिर्वाद पनि छ । भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एमाले पहिलो पार्टी हुन्छ । एकदम राम्रो योग छ । सफल होस्, मेरो शुभकामना छ,’ उनले भने ।

    मोहनले छोरा फेरि प्रधानमन्त्री हुने बताइरहँदा घरभित्रबाट निस्किएका अध्यक्ष ओलीले ‘बुवा म जान्छु है’ भनेर नमस्ते ढोग गरेर विदा भए । मोहनले राम्ररी गएस् भनेर आशिर्वाद दिए ।

    जब कुमारीले मास्क खोल्न लगाइन्
    पितासँग विदा मागेर जब ओली निस्किँदै थिए, त्यतिकैमा स्थानीय छिमेकी कुमारी लिम्बू भेट्न आइन् । उनले मास्क खोल्न लगाइन हेर्नलाई । सधै फोटोमा मात्रै देखेको भन्दै आग्रह गरेपछि ओलीले मास्कमात्र खोलेनन् ।

    नजिकै बोलाएर तस्बिर पनि खिचाए । सँगै कलाकार विल्सन विक्रम राईले पनि तस्बिर खिचाए । कुमारीका छोरालाई पनि ओलीले बोलाएर तस्बिर खिचे । के कसो भनेर हालखबर सोधे । अनि ओली पिताको घरबाट बिर्तामोडतिर लागे । नेपाली बहसबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.