Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको एमाले वडाअधिवेशनमा सवै वडा सर्वसम्मत
    राजनीति

    कनकाईको एमाले वडाअधिवेशनमा सवै वडा सर्वसम्मत

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ६, शनिबार २०:०८ गते2 Mins Read

    कनकाई खबर \ नेकपा एमाले कनकाई नगरको वडाअधिवेशन सम्पन्न भएको छ ।

    नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै वडाको अधिवेशनलाई भर्चुअलको माध्यमबाट एकैसाथ सम्बोधन गरेपछि सम्पन्न कनकाई नगरको वडाअधिवेशनबाट नगरका नौ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको केन्द्रबाट आएको सर्कुलर अनुसार ३३ प्रतिशत महिलाको सहभागितामा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिव सहित प्रत्येक वडामा बढीमा ३१ सदस्यीय वडा कमिटी निर्माण भएको हो ।

    यसरी सम्पन्न अधिवेशनबाट कनकाईको वडा नं. १ मा डिल्लीरमण भट्टराईको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी गठन भएको छ । यसै गरी वडा नं.२ को अध्यक्षमा विष्णु गिरी , वडा नं.३ मा राजेन्द्र उप्रेती, वडा नं. ४ मा घनश्याम पौडेल, वडा नं. ५ मा चन्द्र पाठक, वडा नं.६ मा दिर्घ बहादुर थापा, वडा नं.७ मा देविप्रसाद भट्टराई, वडा नं.–८ मा टीका घिमिरे र वडा नं. ९ मा गोविन्द उप्रेतीको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत रुपमा चयन भएको वताइएको छ ।

    वडाअधिवेशनसँगै लामो समयदेखी पार्टीलाई महत्वपूर्ण सहयोग गर्दै आएका हरेक वडाका जेष्ठ पार्टी सदस्यहरुलाई सम्मानपत्र सहित विशेष सम्मान समेत गरिएको छ । प्राप्त जानकारी अनुसार कनकाईको वडा नं.७ मा नेकपा एमालेका जेष्ठ सदस्य कौशिला खबास, शिवप्रसाद रिजाल र खड्गप्रसाद वास्तोलालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पार्टीको जिल्ला कमिटी सदस्य एवम् कनकाई नगरपालीकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मान पत्रका साथ विशेष सम्मान गरेका थिए ।

    पार्टीका वडाअध्यक्ष देवीप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न वडाअधिवेशनबाट भट्टराईकै नेतृत्वमा २५ सदस्यीय वडाकमिटी सर्वसम्मत रुपमा चयन भएको हो । अन्य सदस्य नवनिर्वाचित कमिटीको पहिलो वैठकले मनोनित गरी पूर्णता दिने बताइएको छ । कमिटीको उपाध्यक्षमा हरिलाल खवास, सचिवमा भविन्द्र तामाङ्, उपसचिवद्वयमा प्रेमप्रसाद उप्रेती र शान्ता अधिकारी निरौला सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।

    वडाकमिटीका निवर्तमान सचिव भरत थपलियाको संचालन तथा सहसचिव खड्गप्रसाद तिम्सिनाले स्वागत गरेको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, कनकाई ७ का वडाअध्यक्ष लिलावहादुुर कन्दङ्वा, वडासदस्य प्रकाश शिवाकोटी, गिता चौहान, जिसस सदस्य माराङ् हास्दा, खड्ग कार्की(राजन), गोपाल शिवाकोटी, नेकपा एमालेका सदस्य तुलसी सुवेदी, निर्मला कार्की डोली, पत्रकार राम निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.