Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका बाढी पीडितलाई डब्लुएफपीको नगद सहयोग
    समाचार

    झापाका बाढी पीडितलाई डब्लुएफपीको नगद सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ४, बिहीबार २३:४२ गते2 Mins Read

    झापा \ जिल्लाका चार पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत रु. दुई करोड २५ लाख रकम आएको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न सुरु गरेको छ ।

    डब्लुएफपी मार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका वडा नम्बर १, २ का ३६८ परिवार, झापाको वडा नम्बर १,२,३,६ का ६७२ परिवार, कनकाई नगरपालिका–४ का १८६ परिवार र शिवसताक्षी नगरपालिकाको २,४,५,६,८,९ र १० का ४३९ गरी जम्मा एक हजार ६६५ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो झापाका सभापति लोकराज ढकालले बताए ।

    उनका अनुसार विगत बर्षहरुमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोवास गर्ने विपदको उच्च जोखिममा रहेका परिवारको तीन महिना अघि ‘सर्भे’ गरिएको आधारमा हाल प्रति परिवार रु. १३ हजार ५००का दरले रकम वितरण भइरहेको छ ।

    तीन महिन अघि गरिएको सर्भेमा सम्भाव्य विपदको उच्च जोखिममा रहेको परिवार वा विपद संकटबाट प्रभावित भई दैनिक जीविकोपार्जनमा कठिनाई भएको, सरकारी वा सार्वजनिक संस्थाबाट तलब पेन्सन नलिएका, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थाका व्यक्ति वा परिवारको विवरण संकलन गरिएको थियो ।

    सोही आधारमा डब्लुएफपीले पठाइदिएको रकम विरणमा सहजीकरण मात्र नेरेसोले गरेको सभापति ढकालको भनाई छ । सो रकम तत्काल आएको बाढीले क्षति पुर्याएका बासिन्दा वा धानखेतीको क्षतिपूर्ति भने नभएको उनले प्रस्ट पारेका छन् ।

    रेडक्रसले बमौसमी बर्षाका कारण हाल डुबानमा परेका र विस्थापित भएका परिवारहरुलाई राहत स्वरुप भाडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडा समेत वितरण गरिरहेको उनले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.