Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाले आजदेखि धानबालीको क्षतीका बारेमा तथ्याङ्क संकलन गर्ने
    आर्थिक

    कनकाई नगरपालिकाले आजदेखि धानबालीको क्षतीका बारेमा तथ्याङ्क संकलन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ४, बिहीबार ०१:०७ गते2 Mins Read

    कनकाई खबर \ हावाहुरीसँगै केहिदिनदेखि निरन्तर रुपमा आएको बर्षा र भेलबाडीका कारण किसानको धानबालीमा भएको क्षतीका विषयमा कनकाई नगरपालिकाले आज विहिबारदेखि तथ्याङ्क संकलन शुरु गर्ने भएको छ ।

    आइतवारदेखि लगातार भएको बर्षा र हावाहुरीले कनकाई नगरपालिका क्षेत्रका ९ वटै वडामा किसानले लगाएको धानबालीमा क्षती पुर्याएको बताइएको छ । यस विषयमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै बुधबार बसेको नगरस्तरीय कृषि उपसमितिको बैठकले तत्काल सवै वडाको अनुगमन गरी क्षतीको तथ्याङ्क संकलन शुरु गर्ने निर्णय भएको कृषि उपसमितिका संयोजक देवेन्द्र दर्नालले बताए ।

    किसानले काटेर खेतमा सुकाएको धान अत्याधिक बर्षाका कारण डुवानमा परेको छ भने पाक्न लागेको धान हावाहुरीले लडाएर क्षती पुगेको छ । नगर स्तरीय कृषि उपसमितिले किसानहरूलाई सम्बन्धित वडाका प्राविधिकहरूसँग सम्पर्क गरेर क्षतीको यथार्थ विवरण यथासिघ्र वडा कार्यालय मार्फत कृषि उपसमितिमा पेश गर्न अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

    कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं। ४ का वडाअध्यक्ष गोविन्द पौडेलले सामाजिक संजाल मार्फत किसानको मुखमा आउन लागेको धानबालीको क्षतीका बारेमा कृषि शाखा र वडा कार्यालयको अवलोकन र सिफारिसमा क्षतीपुर्तिको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । सोही अनुरुप तत्काल स्थानीय तहको सम्बन्धित निकायबाट पहल शुरु गरिएको बताइएको छ । हावाहुरीसहित आएको बेमौसमी बर्षाका कारण झापामा करिव ४५ हजार हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको बताइएको छ ।

    कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले दिएको जानकारी अनुसार झापामा यस पटक ८७ हजार ५ सय हेक्टर जमिनमा धान रोपाईँ भएको थियो । धान रोपाईँका बेला समयमै पानी आएका कारण अधिकांश किसानहरुले बेलैमा धान रोपेका थिए । जसका कारण यसपटकको धानबाली फस्टाएर आएको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले हाल आएको हावाहुरीसहितको भारी वर्षाका कारण भने झापामा ५० प्रतिशत धानबाली पूर्ण रुपमा भुँइमा ढलेर पानीमा डुबेको बताए ।

    जसका कारण धानबालीलाई ठूलो क्षती पुगेको भन्दै ज्ञान केन्द्रका प्रमुख सिंहले काटेको वा पाक्न लागेको धानबाली ढलेकै भएपनि पानीको निकास हुन सकेमा केही सुरक्षित हुन सक्ने जानकारी दिए ।
    कनकाई खबरसँगको फोनसम्पर्कमा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंहले तत्काललाई ढलेको वा काटेको धानबालीमा जमेको पानीलाई निकास दिन सकेमा ठूलो क्षति नहुने बताएका छन् । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका सबै पालिकाहरुलाई धानबालीमा भएको क्षतीका बारेमा विवरण पठाउँन सर्कुलर जारी गरिसकेको जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.