Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामाजिक क्षेत्रमा नारायणी मेमोरीयल फाउण्डेशन
    समाचार

    सामाजिक क्षेत्रमा नारायणी मेमोरीयल फाउण्डेशन

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन २७, बुधबार ११:१९ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई ४ स्थित पुकार अपाङ्ग अशक्त समाजमा रहेका मानसिक र शारिरीक रुपमा अशक्त वालवालिकालाई यहाँस्थित एक सामाजिक संस्था नारायणी मेमोरीयल फाउण्डेशनले खाद्य सामाग्री वितरण गरेको छ ।

    राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीको समन्वयमा एक संक्षिप्त कार्यक्रमका विच खाद्य सामाग्री वितरण भएको हो । कोरोना संक्रमणका कारण केही महिना अघि मात्र निधन भएकी स्थानीय नारायणी पाठकको स्मृत्तिमा परिवारजनका तर्फबाट स्थापना गरिएको यस सामाजिक संस्थाले आफ्नो उद्येश्य अनुरुपको पहिलो कार्यक्रमका रुपमा खाद्य सामाग्री वितरण गरेको फाउण्डेशनका अध्यक्ष नरेन्द्र पाठकले बताए ।

    अनाथ, अपाङ्ग, अशक्त वालवालिका साथै विपन्न वर्ग र समुदायकालागि आवश्यक सहयोग गर्ने उद्येश्यले संस्था स्थापना भएको फाउण्डेशनका अध्यक्ष पाठकले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानमा हाल कानुनी सल्लाहकारका रुपमा समेत रहेका पाठकले समाज रुपान्तरणका लागि सचेत नागरिकले व्यक्तिवादी नभई सामाजिक हितकालागि अघि बढ्नु पर्ने कुरामा जोड दिएका छन् ।

    संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्ग र समुदायका जेहेन्दार विद्यार्थी मध्ये वार्षिक रुपमा ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गर्ने योजना बनाएको फाउण्डेशनका संरक्षक लक्ष्मीप्रसाद पाठकले बताए । कला, साहित्य,संस्कृतिको संरक्षण गर्दै आवश्यक्तामा आधारित स्वास्थ्य शिक्षा, जेष्ठ नागरिक सम्मान लगायतका सेवामुखी कार्ययोजनाका साथ स्थापना भएको संस्थाबाट प्राप्त सहयोगले पुकार अपाङ्ग अशक्त समाजका वालवालिकाको जिविकोपर्जनमा महत्वपूर्ण सहयोग प्राप्त भएको भन्दै समाजकी संचालिका निर्मला ओझाले खुशी व्यक्त गरेकी छन् ।

    युवा संघ नेपाल कनकाई नगर कमिटीका अध्यक्ष व्श्विविजय खरेलको अध्यक्षतामा सम्पन्न खाद्य सामाग्री वितरण कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष एवम् फाउण्डेशनका सल्लाहकार समेत रहेका गोविन्द पौडेलले नारायणी मेमोरीयल फाउण्डेशनका नाममा पाठक परिवारबाट भएको पवित्र कार्यले समाजका अन्य संघसंस्थाहरुलाई समेत मार्ग निर्देशन गरेको बताएका छन् ।

    युवा सामाजिक अभियन्ता टंक पाठकले समन्वय गरेको खाद्य सामाग्री वितरणको औपचारिक कार्यक्रममा वडासदस्य रोशन सुवेदी, प्रताप राई, सामाजिक अभियन्ता ईन्द्र पुलामी लगायत फाउण्डेशन साथै युवा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन युवा संघ कनकाईका सचिव केशव शिवाकोटीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.