Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “गठबन्धनले एमालेलाई थप शक्तिशाली बनाइदियो” : पूर्व मन्त्री विष्ट
    राजनीति

    “गठबन्धनले एमालेलाई थप शक्तिशाली बनाइदियो” : पूर्व मन्त्री विष्ट

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन २४, आईतवार ०८:१८ गते2 Mins Read

    कनकाई खबर / नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री गोकर्ण विष्टले वर्तमान गठबन्धनमा रहेको परमादेश सरकारले एमालेलाई थप शक्तिशाली बनाएको बताएका छन् ।

    झापाको सुरुङ्गामा कनकाई सुरुङ्गा प्रेस क्लवद्वारा आयोजित समसामयिक देशको राजनीतिका विषयमा केन्द्रित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले एमालेसँग एक्लाएक्लै चुनावमा लड्न नसकिने निष्कर्षमा पुगेको गठबन्धनले एमालेलाई शक्तिशाली दल ठानेको दावी गरे । नेकपा एमाले त्यस्तो पार्टी हो जोसँग विचार र कार्यक्रम छ, यहि मान्यताका आधारमा एमाले अघि बढेको भन्दै विष्टले परमादेश सरकारबाट जनताले कुनै अपेक्षा नगरेको बताएका छन् ।

    ‘एमालेको शक्ति र जनताको समर्थन भएकाले हामीसँग कोहि पनि चुनावमा एक्लै भिड्न सक्दैनन’, विष्टले भने,– ‘अबको निर्वाचनमा एमालेले एक्लै नै बहुमत प्राप्त गर्ने छ ।’
    प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सचिव विष्टले, गठबन्धनको सरकारले २४ घण्टामा पूरा गर्नु पर्ने काम तीन महिना लगाएर मुल्याङकनको समायवधिभित्र मन्त्रीपरिषद् विस्तार गर्दै समय विताएको बताए । उनले यो समयावधिमा आएर मन्त्री मात्रै बनाउने काम गरेको हुनाले गठबन्धनको सरकारप्रति थप आशा गर्न नसकिने दावी गरे ।

    कनकाईमा पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन आएका विष्टले अब जनताको चहाना पुरा गर्ने जिम्मा एमालेकै भएकाले त्यसका लागि तयारीमा रहन नेता कार्यकर्तालाई आव्हान समेत गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्ति विरुद्ध कडा आलोचना गरेका छन् । संसदीय अभ्यासको जीवनमा माओवादीलाई एमालेले प्रवेश गराएको बताउँदै अबको निर्वाचनमा जनताले माओवादीलाई संसदमै छिर्न नदिने दावी गरे ।

    यस्तै, मन्त्रीपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भागवण्डा खोजेर परामादेश जारी गर्दाको हिसाव मिलान गरेको विष्टको भनाई थियो । नेता विष्टले प्रधानन्यायाधीशको गतिविधि र गठवन्धनको गलत अभियानले मुलुकलाई ठूलो क्षति पुर्याएको भन्दै नेकपा एमालेले अन्य पार्टीको विरोध गर्दै हिड्नु भन्दा पनि अब केही दिन उनीहरुको गतिविधिकै मुल्यांकन गर्नु पर्नेमा जोड दिए ।

    कनकाई सुरुङ्गा प्रेस क्लवकी उपाध्यक्ष सावित्रा दहाल भट्टराईले स्वागत तथा सचिव मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा संघीय सांसद एल.पी.साँवा लिम्बू, प्रदेश १ का भूमि व्यवस्था तथा कृषि मन्त्री हिराकुमार थापा, नेकपा एमाले केन्द्रिय कमिटीका सल्लाहकार वालकृष्ण मैनाली, प्रदेश कमिटी सदस्य टंकवहादुर कार्की, प्रेम दहाल, पार्टीको जिल्ला कमिटि सचिव मदन अधिकारी, क्षेत्रीय कमिटी सदस्य खेमनाथ मिश्र, प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेती, उपाध्यक्ष प्रदिप परियार, एमाले कनकाई नगर कमिटीका अध्यक्ष रविन्द्र लम्साल, कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेल, वडासदस्य रोशन सुवेदी, समाजसेवी श्यामसुन्दर ओली, ख्याम ओली, दिपक चापागाईँ लगायतको सहभागिता रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.