Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बीएण्डसीमा अब बिनाचिरफार टाउकोको शल्यक्रिया सुरु
    समाचार

    बीएण्डसीमा अब बिनाचिरफार टाउकोको शल्यक्रिया सुरु

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन २०, बुधबार १५:५५ गते2 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलमा बीना चिरफार टाउकोको शल्यक्रिया उपचार सेवा सुरु भएको छ । इन्टरभेसनल न्युरो सर्जरी भनिने सो विधिबाट टाउकोमा रहेका रगतको नसा फुट्ने (ब्रेन एन्युरिजम)। पक्षघात जस्ता नसा सम्वन्धी समस्याको सहज ढंगले उपचार हुने बताइएको छ ।

    ‘यसअघि यस्ता समस्या आउँदा टाउको खोलेर (चिरफार गरी) उपचार गर्नुपर्दथ्यो । तर अब रगतको नलिबाट भित्रभित्रैबाट क्याठेतर हाल्छौँ र मस्तिष्कसम्म पुर्‍याउछौं । त्यसबाट रोग पत्ता लगाउने देखि उपचार गर्ने सम्मको काम हुन्छ । अत्याधुनिक यो विधिले बिरामीलाई सजिलोसंग सुरक्षित ढंगले छिटो उपचार गर्न सजिलो हुन्छ र जोखिम पनि कम हुन्छ, ‘ मंगलबार बीएण्डसीमा गरिएको पत्रकार सम्मेलनमा न्युरो सर्जन डा करुणा ताम्राकारले भनिन् ।

    उनका अनुसार इन्टरभेसनल न्यूरो सर्जरी विधिका लागि आवश्यक सामग्री बाहिरबाट झिकाउनुपर्ने भएकाले सुरुमा खर्चिलो देखिए पनि उपचार थालेपछि बिरामीलाई तत्काल डिस्चार्ज गर्न सकिने, बिना चिरफारले जोखिम कम हुने र बिरामी तथा उनका आफन्तले लामो समय हस्पिटलमै बस्नुपर्ने बाध्यता हुने छैन । टाउकोमा रहेका रगतको नशा फुट्ने (ब्रेन एन्यूरिजम), पक्षघात, मस्तिष्कघातजस्ता नशासम्बन्धी रोगका लागि बिना चिरफारको अप्रेसन बिएन्डसी हस्पिटलमा सम्भव भएकाले नयाँ आयाम थपिएको डा. ताम्राकारको दाबी छ ।

    उनले काठमाडौँबाहेक पूर्वाञ्चलको बिर्तामोडमा मात्र यो उपचार रहेको पनि दाबी गरिन् । नशा फुटेर आउने समस्याजस्ता घटना भएको ४ घण्टाभित्र हस्पिटल ल्याउन सके उपचार सहज हुने उनले बताईन । तर, ठुलो समस्या भएपछि र समय बितेपछि मात्र बिरामी उपचारका लागि हस्पिटल आउने गरेको उनको अनुभव छ । रक्तनलीमा उच्च रक्तचापका कारण बेलुनजस्तो फुल्ने र जतिखेरै पनि फुट्ने सम्भावना अधिक भएकाले पनि यसको समयमै परीक्षण गराउन उनको सुझाव छ ।  यस्तो समस्या हरेक ५० जनामध्ये १ जनामा रहेको तथ्यांक उनले प्रस्तुत गरिन् ।

    पक्षघात भएका बिरामीलाई समयमै हस्पिटल ल्याएको खण्डमा अप्रेसन नगरी औषधिको प्रयोगबाट पनि निको पार्न सकिने चिकित्सकले बताएका छन् । समयमै ल्याए कुनै अंगभंग नहुने, साधारण व्यक्तिजस्तै बिरामीले हिँडडुल गर्ने र बोल्न सक्ने औषधिकै प्रयोगबाट हुने बताइएको छ । बीएण्डसीमा हालसम्म १०७ जनाको एन्जिओग्राफीको माध्यमबाट परीक्षण गरिएको र जसमध्ये १२ जनाको बिना चिरफार सफल अप्रेसन गरिएको पनि डा.  ताम्राकारले जानकारी दिइन् ।

    कार्यक्रममा कार्यकारी निर्देशक दुर्गा प्रसाईले न्यूरो सर्जरीको सवालमा अमेरिका र युरोपमा हुने गुणस्तरीय सेवा बीएण्डसीमा सम्भव भएको बताए । उनले अबको योजना बीएण्डसीमै मुटु, फोक्सो र मिर्गौला प्रत्यारोपण गर्ने रहेको पनि सुनाए ।

    यसैबीच, दसैँको समयमा पनि अन्य समयमा जस्तै बीएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको ओपीडी सेवा सञ्चालन हुने हस्पिटलका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.