Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गरिवी न्यूनिकरण साथै सामाजिक विकासमा प्रजापति सामुदायिक वन
    समाचार

    गरिवी न्यूनिकरण साथै सामाजिक विकासमा प्रजापति सामुदायिक वन

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन १९, मंगलवार १४:०० गते3 Mins Read

    कनकाई खबर / वन संरक्षण, सम्वद्र्धन तथा सदुपयोगलाई पहिलो प्राथमिक्तामा राखेर अघि बढेको झापाको कनकाई—१ स्थित प्रजाप्रति सामुदायिक वनले एक विशेष कार्यक्रमका विच ३५ औं साधारण सभा सम्पन्न गरेको छ ।

    स्थानीय उपभोक्ताहरुको उत्साहजनक उपस्थिती रहेको साधारण सभामा संस्थाको आयव्ययसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन समूहका अध्यक्ष शुशिलकुमार पोखरेलले सामुदायिक वन मार्फत गरिवी न्यूनिकरण साथै सामाजिक विकास तर्फ विशेष ध्यान दिएको बताएका छन् । संक्रमणकालिन अवस्थामा नौ महिना अघि २०७७ पौष २७ गतेका दिन निर्वाचित भएको यस वन समूहको वर्तमान कार्यसमितिले २७ लाख १९ हजार ८ सय ३९ रुपैंया बराबरको आर्थिक व्ययभारका साथ पदभार बाकेको भएपनि आफ्नो दायित्वमा रहेको व्ययभारलाई यो छोटो अवधिमै शुन्यमा झार्न सफल भएको जानकारी दिँदै अध्यक्ष पोखरेलले अबको समय गरिवी न्यूनिकरण साथै सामाजिक विकास तर्फ संस्था अघि बढेको बताएका छन् । वन विकासको कार्यलाई निरन्तरता दिँदै आ.व.२०७७/०७८ मा ७ सय थान बाँसका विरुवा, ३ सय थान केराका विरुवा र १५ सय थान विभिन्न जातका वोटविरुवा रोपण गर्ने कार्य सम्पन्न गरिसकेको यस वन समूहले आफ्नो क्षेत्रमा वर्षौदेखि विवादमा रहेको भालुखोला सरसफाई गर्ने कार्य समेत सम्पन्न गरेको बताइएको छ ।

    कोरोना संक्रमणका कारण सोचे अनुरुपको कार्य सम्पन्न गर्न नसकेको जानकारी गराउँदै वन समूहका अध्यक्ष पोखरेलले स्थानीय सरकार कनकाई नगरपालिका साथै वडा कार्यालयसँगको साझेदारीमा जिर्ण अवस्थामा रहेको यस सामुदायिक वन क्षेत्रका सडक, बाटाहरु निर्माण साथै मर्मत गर्ने कार्यलाई समेत प्राथमिक्ताका साथ अघि बढाएको बताएका छन् । संस्थाको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले वन समूहले उपभोक्ताको गरिबी निवारणका लागि सीपमुलक तालिम, महिला सशक्तिकरण, युवा क्लव र विकास निर्माण लगायतमा आवश्यक बजेट विनियोजन गरिएको बताए ।

    वन समूहका अध्यक्ष शुशिलकुमार पोखरेलको सभापतित्व एवम् कनकाई १ का वडाअध्यक्ष रोशनराज पोखरेलको प्रमुख आतिथ्य रहेको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको विकास हुन सकेमा मात्र आर्थिक व्यवस्थापन बलियो हुन सक्ने बताए । काठदाउरा बेचेर मात्र अबको समयमा सामुदायिक वनले आफ्नो लक्ष्य प्राप्ती गर्न नसक्ने भन्दै वडाअध्यक्ष पोखरेलले वन समूहसँग एकैसाथ मिलेर गरिबी निवारण साथै सामाजिक विकासका अन्य कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए ।

    साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष वेदप्रकाश भण्डारीले अव सामुदायिक वन समूह वन व्यवस्थापन, हेरचाह र गरिबी निवारणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कनकाईका अध्यक्ष दधिराम पोखरेलले सामुदायिक वनमा राजनीति नहुने हो भने वन समूहले स्थानीय सरकार सरह विकास निर्माणका काम सजिलै गर्न सक्ने बताए । सामुदायिक वनका क्षेत्रमा कुनै पनि समस्या आएमा आपसी समझदारी कायम हुनु पर्नेमा जोड दिँदै महासंघ अध्यक्ष पोखरेलले कुनै पनि समस्याको समाधान तालाबन्दी नभएको बताए । सामुदायिक वनहरुले अब आफ्नो स्रोत साधनलाई बाटोघाटो निर्माणमा मात्र होइन वन क्षेत्रको विकास निर्माण र संरक्षणमा सक्रिय हुनु पर्ने भन्दै महासंघ अध्यक्ष पोखरेलले विकास निर्माणको कार्यकालागि स्थानीय सरकारले जिम्मा लिनु पर्ने कुरामा जोड दिए ।

    कार्यक्रममा कनकाई सव डिजिभन वन कार्यालय सुरुङ्गाका प्रमुख दिनेशकुमार यादव, सामुदायिक वन समूहका पुर्वअध्यक्ष सुर्यकुमार थापा, सुकेडाँगी सामुदायिक वन समूहकी अध्यक्ष शाान्ता घिमिरे, नेपाली काँग्रेस कनकाई १ का वडासभापति मनोज बस्नेत, सामाजिक युवा क्लवका अध्यक्ष दिपेश रिमाल, वन समहूका संस्थापक सचिव शम्भु खड्का लगायतले सामुदायिक वनले उपभोक्तालाई आयआर्जनको योजना निर्माणमा सक्रिय बनाउँनु पर्ने तर्फ जोड दिए ।

    वन समूहका उपाध्यक्ष दलबहादुर विश्वकर्माले स्वागत गरेको कार्यक्रमको संचालन सचिव गोमा अधिकारीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.