Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाईको परिषद भेलामा सम्मान
    शिक्षा

    नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाईको परिषद भेलामा सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन १९, मंगलवार ०५:१५ गते2 Mins Read

    कनकाई खबर / नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिको दोस्रो नगर परिषद भेला सम्पन्न भएको छ ।

    परिषद भेलाको अवसरमा स्वेच्छिक अवकास प्राप्त शिक्षक बेदप्रसाद खतिवडा, अनिवार्य अवकास प्राप्त शिक्षक गंगा खवास साथै टिकामाया देवकोटालाई विशेष सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी संगठनका राष्ट्रिय समिति सदस्य नारायणप्रसाद गौतम, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले सम्मान पत्रका साथ पुष्पगुच्छा अर्पण गर्दै विशेष सम्मान गरेका हुन् ।

    कार्यक्रममा शिक्षकका पेशागत हकहित र अधिकार प्राप्तिका लागि विगत ४२ वर्षअघि देखि निरन्तर सङ्घर्षमा रहेको संगठनले “गौरवशाली विगत चुनौतीपूर्ण वर्तमान गुणस्तरका लागि शैक्षिक सुशासन” भन्ने नारालाई अघि सार्दै शैक्षिक सुशासनकालागि अभियान संचालन गरिरहेको बताइएको छ । कनकाई माविको सभा हलमा सम्पन्न परिषद भेलामा भावी योजनासहितको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष गोपीकृष्ण भट्टराईले शिक्षकहरुको अथक प्रयास र कार्यकुशलताले मात्र शैक्षिक उन्नति हुने भएकाले सबैमा सहकार्य गरेर अघि बढ्न अनुरोध गरेका छन् ।

    नयाँ कामको सुरुआत आफैंबाट हुनु पर्छ भन्ने प्रतिबद्धताका साथ कनकाई नगरका शिक्षकहरूबाटै नयाँ योजनासहितको शिक्षण कार्य सुरु गर्न अनुरोध गर्दै समितिका अध्यक्ष भट्टराईले प्रतिवेदन मार्फत परम्परागत शिक्षण प्रणालीमा परिवर्तन गर्दै समय सुहाउँदो वैज्ञानिक, व्यवहारिक साथै सिपमूलक शिक्षाकालागि अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    अध्यक्ष भट्टराईले कुनै पनि विषयमा उठेका समस्या समाधानकालागि संगठन भित्रै सामुहिक रूपमा छलफल गरेर संगठनकै नेतृत्वबाट समाधानको पहल गर्न समेत प्रतिवेदन मार्फत सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

    सरकारका विभिन्न समयका निर्णयहरूबाट शिक्षकमा आएको असन्तुष्टि, वितृष्णा, दरबन्दी मिलान, पदोन्नति, असमान तलवभत्ता, विद्यालय कर्मचारी तथा बाल शिक्षकमा आएका ज्वलन्त र दीर्घकालीन समस्या समाधान गर्न संगठनले सरकारलाई दवाव दिँदै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै आवश्यक परे अदालतसम्म जाने गरी कनकाई नगर समितिले यस अघि असोज ३ गते झापाका १५ वटै पालिकामा रहेका संगठनका अध्यक्ष र सचिव सहितको जुम बैठक बसी जिल्ला समिति मार्फत समस्या समाधानार्थ केन्द्रको ध्यानाकर्षण गराएको बताइएको छ ।

    संगठनका कनकाई नगर समिति अध्यक्ष गोपीकृष्ण भट्टराईको सभापतित्व एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य नारायणप्रसाद गौतमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष एवम् शिक्षक महासंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी, सम्मानित व्यक्तित्व गंगा भुजेल, संगठनका लेखा समिति संयोजक एवम् कनकाई माविका प्रधानाध्यापक कर्णवहादुर डाँगी, संगठनका संस्थापक अध्यक्ष श्री हरिप्रसाद तिम्सिना, जिल्ला सदस्य तिलक गजमेर, नेपाल राष्ट्रिय कर्मचारी परिषद केन्द्रिय प्रतिनिधि गोकुलप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा संगठनका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र अध्यक्ष गोपीकृष्ण भट्टराईले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनका विषयमा व्यापक छलफल भई सर्वसम्मत रुपमा पारित गरिएको थियो । संगठनका उपाध्यक्ष मेनुका तिम्सिनाले स्वागत तथा अर्का उपाध्यक्ष ज्ञानवहादुर रायमाझीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सचिव चन्द्रप्रसाद पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.