कनकाई खबर \ झापाको कनकाईमा निर्माणाधीन घरबाट लडेर निर्माण मजदूरको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कनकाई नगरपालिका– ३ निवासी निर्माण मजदुर ६५ वर्षीय रुद्र अधिकारी रहेका छन् । कनकाई नगपालिका वडा नम्बर ४ स्थित त्रिवेणी टोल निवासी दुर्गा नेपालको दुई तले निर्माणाधीन घरमा काम गर्ने क्रममा सोमबार बिहान साढे ११ बजे दोस्रो तलाबाट अधिकारी भुइँमा खसेका थिए ।
लडेर गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय विर्तामोडले अनुसन्धान गरिरहेको जनाएको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
