काठमाडौं \ पूर्व फिफा रेफ्री लव खत्रीको ५० वर्षको उमेरमा सोमबार निधन भएको छ ।
सोमबार बिहान वाथरुममा लडेपछि उपचारका लागि नख्खुस्थित मेडिसिटी हस्पिटल पुर्याइएपछि उनको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
सन् २०१८ मा रेफ्री पद छाडेका उनी पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रुपमा कार्यरत थिए । खत्री रेफ्री संघको महासचिव समेत थिए ।
फुटबल खेलाडी हुँदै रेफ्री बनेका खत्रीले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए । उनले ए डिभिजन क्लबहरु थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्सबाट फुटबल खेलेका थिए ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
