Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगर क्षेत्रका बजारमा म्याद गुज्रिएका सामान छ्याप छ्याप्ती
    आर्थिक

    कनकाई नगर क्षेत्रका बजारमा म्याद गुज्रिएका सामान छ्याप छ्याप्ती

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन १५, शुक्रबार ०५:५७ गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाले नगर क्षेत्रका बजारको अनुगमनलाई तिव्रता दिएको छ ।

    चाडपर्व नजिक आउँदै गरेको अवस्थामा खाद्य सामाग्री लगायत विविध पक्षमा अनियमितता नहोस् भन्ने उद्येश्यका साथ अनुगमनलाई तिव्रता दिन थालिएको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँले बताएकी छन् । उपप्रमुख प्रसाईँको नेतृत्वमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, आलेप अधिकृत कृष्णप्रसाद रिमाल, उमानाथ ढकाल लगायतका नगरपालिकाका कर्मचारीहरु, सम्बन्धित वडाका जनप्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी सहितको सहभागीतामा नगर क्षेत्रका दुर्गापुर, लक्ष्मीपुर, घैलाडुवा बजार क्षेत्र अनुगमन गरिएको हो ।

    बजार अनुगमनका क्रममा वजार क्षेत्रका धेरै पसलहरुमा मूल्य सूचि नराखेको पाइएको छ । व्यवसाय दर्ता, नवीकरण, नगरपालिकाको दर्ता नविकरण नभएकालाई सो सम्बन्धी व्यवस्था मिलाउँन सुझाव दिइएको बताइएको छ । बजार क्षेत्रका व्यपारीहरुले डिजिटल नापतौलको प्रमाण पत्र नलिइएको साथै प्याकेजीङ् कम्पनीले उत्पादनसँग सम्बन्धित विषय नखुलाएको पाइएकाले सो विषयमा व्यवसायीहरुको ध्यानाकर्षण गराइएको उपप्रमुख प्रसाईँले जानकारी दिएकी छन् ।

    बजार क्षेत्रमा रहेका व्युटीपार्लर, कसमेटिक पसलहरुमा प्रयोग हुने श्रृङ्गारका सामाग्रीहरु र खाद्य सामाग्रीका पसलहरुमा म्याद गुज्रिएका सामान छ्याप छ्याप्ती भेटिएकाले अनुगमनका क्रममा बराबद भएका त्यस्ता सामाग्रीहरु नष्ट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताएका छन् । व्यपारीहरुले सामान खरिद गरेको र ग्राहकलाई दिने बिल चुस्त दुरुस्त नभएको पाइएको छ । मासु व्यवसायीहरुले थप सरसफाईमा ख्याल राख्नुपर्ने अवस्था देखिएको साथै यस अघि अनुगमनका क्रममा व्यवसायीहरुलाई दिएको निर्देशन सामान्य पालना भएकाले केही सुधार भएको देखिएको उपप्रमुख प्रसाईँले बताएकी छन् ।थप चुस्त दुरुस्त रहनकालागि व्यवसायीहरुलाई सुझाव दिँदै आवश्यक्ताअनुसार कागज गराएर छाडिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.