Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दिलमाया स्मृति कपको छनौट खेल जारी
    खेलकुद

    दिलमाया स्मृति कपको छनौट खेल जारी

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन १४, बिहीबार १६:४३ गते3 Mins Read

     कनकाई खबर \ असोज १२ गतेदेखि शुरु भएको दिलमाया स्मृति कप फुटवल प्रतियोगिताको छनौट खेल जारी रहेको छ । छनौट खेल अन्तर्गत कनकाई तर्फको छनौट खेलमा बिहीवार वार्ड नम्बर ४ र ५ बिजयी बनेका छन् ।

    वडा नम्बर ४ ले १ लाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी बनेको हो । ४ नम्बरको तर्फबाट पहिलो हाफको इन्जुरी समयमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै संदिप रसाइलीले एकमात्र गोल गरे । यसपछि १ नम्बरका खेलाडीका धेरै प्रहारमा ४ का गोलकिपर मनिस मगर बाधक बन्दा कनकाई ४ बिजयी बनेको हो ।

    यसैगरि अर्को खेलमा वार्ड नम्बर ५ ट्राईब्रेकरमा बिजयी बनेको छ । ५ ले ७ नम्बर वार्डलाई ट्राईब्रेकरमा ६–५ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको हो । खेल अवधिभर र थप गरिएको समयमा समेत दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको हो ।

    कनकाई माविको खेल मैदानमा भइरहेको खेलबाट कनकाई नगरपालिकाका उत्कृष्ट २ टिमले दिलमाया स्मृति कपको क्वाटरफाइनलमा प्रवेश पाउने आयोजक दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले बताए ।

    यस्तै, झापा गाउँपालिकाबाट वडा नम्बर ६ र ७ छनौट भएका छन् । गत मंगलबार देखि जारी छनौट खेलमा यी दुई टिम फाइनलमा प्रवेस गरेसँगै दिलमाया स्मृति कपमा सिट सुरक्षित गरेका हुन् ।

    बिहीबार भएको खेलमा वडा ६ ले ५ लाई जित्दै दिलमाया स्मृति कपमा आफ्नो सिट सुरक्षित गर्न पुगेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछी ट्राइब्रेकरमा वडा ६ ले ७–६ को गोलान्तरले ५ माथी बिजय हासिल गरेको हो ।

    त्यस्तै बुधबार वडा ७ ले वडा ३ लाई १–० को गोलान्तर पराजित गर्दै बिजयी बनेको थियो । यो सँगै फाइनलमा प्रवेस गर्ने यी दुई टिम दिलमाया स्मृति कपमा भाग लिन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राइले बताए ।

    झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । नेपाल खेलकुद महासंघको आयोजनामा हुने फुटवल प्रतियोगितामा झापा क्षेत्र नं. ४ मा पर्ने कनकाई नगरपालिका र झापा गाउँपालिकाका ७–७ वटा वडा, शिवसताक्षी नगरपालिकाका ११ वटा वडा, गौरादह नगरपालिकाका १ वटा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडाले प्रतिस्पर्धा गर्नेछन् ।

    २८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेलेपछि अन्तिम आठ वटा टिमलाई उपाधिको प्रतिस्पर्धामा समावेश गरिने खेल व्यबस्थापन समितिका संयोजक गजेन्द्र ताम्लीले जानकारी दिए । उनका अनुसार प्रिसेलेक्सन खेल सबै पालिकाले तोकेको खेल मैदानमा हुनेछ भने माइवारी ४ वटा र माइपारीबाट ४ वटा टिम उपाधि भिडन्तमा हुनेछन् ।

    खेलमा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ । त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २५ हजार र उपबिजयी हुने टिमले १ लाख २५ हजार रुपैँया पाउनेछन् । यसैगरि उत्कृष्ट ८ टिमले समेत नगद पुरस्कार पाउने मुल आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    कनकाई कपको उपाधी बिर्तामोडलाई

    २०८३ जेष्ठ ८, शुक्रबार १५:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.