Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालवालिकाहरुलाई सामाजिक संस्थाको सहयोग
    समाचार

    बालवालिकाहरुलाई सामाजिक संस्थाको सहयोग

    ramBy ram२०७५ माघ २०, आईतवार १३:२२ गते4 Mins Read

      सुरुङ्गा \ कनकाई नगरपालिका ४ स्थित तल्लो त्रिवेणी टोलमा रहेको कनकाई वाल विकास केन्द्रका ३२ जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
    अधिकांस मजदुरहरुको बसोवास भएको वडा नं.४ कै विकट क्षेत्रका रुपमा मानिने यस क्षेत्रमा संचालनमा ल्याइएको वाल विकास केन्द्रमा न्यानो कपडाका साथमा शैक्षिक तथा खेलका सामाग्रीहरु वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा, सुरुङ्गा जेसीज र सुरुङ्गा सहकार्य युवा क्लवको सहयोगमा संकलन भएका सामाग्रीहरुवाट वाल विकास केन्द्रमा रहेका वालवालिकाहरुको शैक्षिक व्यवस्थापनमा थप सहयोग पुर्याउँने उद्येश्यका साथ सामाग्री वितरण गरिएको वताइएको छ ।

      कनकाई माइको बगरमा वसोवास गर्दै आएका त्रिवेणी टोलवासीहरुको आवश्यक्तालाई मध्यनजर गरी वडा नं. ४ र स्थानीय सिंहदेवी आधारभूत विद्यालयको सहकार्यमा यहि आर्थिक वर्षको वैशाखदेखी नै वाल विकास केन्द्रको स्थापना गरिएको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सिंहदेवीका प्रधानाध्यापक डम्वरप्रसाद फूयालले वताएका छन् । वाल विकास केन्द्रको व्यवस्थापन पक्षलाई सिंहदेवी आधारभूत विद्यालयले नै हेर्दै आएको जानकारी गराउँदै कार्यक्रमका प्रमुख अतिथी फूयालले वालविकास केन्द्रमा खाने पानी र विजुलीको अझै पनि समस्या भएकाले सम्वन्धीत निकायको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।

      विपन्न समुदायको वसोवास रहेको यस क्षेत्रका वालवालिकाले निजी द्यिालयको शिक्षाका लागि कल्पना नै गर्न नसक्ने भएपनि सरकारी विद्यालय सम्म पुग्नका लागि समेत २ किलो मिटर भन्दा बढीको समय खर्चिनु पर्ने भएपछि स्थानीय स्तरवाटै जनशक्ति उत्पादन गरी वाल विकास केन्द्र संचालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र खत्रीले वताएका छन् । सिमित स्रोत साधनवाट परालको छाप्रोमा सुरु गरीएको वाल विकास केन्द्रका लागि कनकाई नगरपालिका लगायत स्थानीय सामाजिक व्यक्तित्व साथै विभिन्न संघसंस्थाहरुको साथ सहयोगवाट प्राप्त हौसलाका कारण आगामी दिनमा प्राथमिक तहसम्मको विद्यालय संचालनका लागि उर्जा मिलेको विद्यालयका अध्यक्ष खत्री वताउँछन् ।

      परालको छाप्रोमा संचालित वालविकास केन्द्रलाई व्यवस्थित वनाउँनका लागि कनकाई नगरपालिकाको पहलमा भर्खरै विद्यालय भवन निर्माण हुन लागेको वताइएको छ । विद्यालयको भवन निर्माणका लागि स्थानीय समाजसेवी गुमानसिंह वोहोराले १० धुर जग्गा निशुल्क उपलव्ध गराएका छन् ।सामाग्री वितरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै युवा समाजसेवी एवम् नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति प्रविन तिम्सिनाले शिक्षाप्रति सचेत वनेका स्थानीय टोलवासीलाई थप सहयोग पुगोस् भन्ने उद्येश्यले शैक्षिक तथा खेल सामाग्री वितरण गरिएको वताएका छन् ।

       कनकाई नगर क्षेत्रका एक सफल व्यवसायी समेत रहेका तिम्सिनाले आफ्नो व्यक्तिगत खर्चमा विद्यार्थीहरुका लागि १६ थान ट्रयाक उपलव्ध गराएको वताएका छन् । रेडक्रसको माध्यमवाट मानवीय सेवामा समर्पित भएका तिम्सिनाले विद्यालयको आवश्यक्तालाई मध्यनजर गरी आगामी दिनका लागि समेत सहयोगलाई जारी राखेको वताएका छन् ।

       सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भिमप्रसाद भट्टराईको सभापतित्व रहेको कार्यक्रममा तीनवटै दाता संस्थाका पदाधिकारी तथा सदस्यहरु, वालविकास केन्द्रका संस्थापक, शिक्षक, अभिभावक लगायत वालवालिकाहरुको सहभागिता रहेको थियो । कनकाई नगर वडा नं.४ का कार्यवाहक वडा अध्यक्ष रोशन सुवेदी, कार्यपालिका सदस्य नवलकिशोर दत्त, वालविकास केन्द्रका संस्थापक हर्कध्वज लिम्वू लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष टिकाराम भण्डारी(सुदिप) ले गरेका थिए ।

    टिभी र खाद्यान्न सामाग्री वितरण

    कनकाई नगर वडा नं.३ स्थित पुकार अपाङ्ग सरोकार समाजका असक्त वालवालिकालाई एक कार्यक्रमका विच खाद्य सामाग्रीका साथमा एक थान टिभी हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा, सुरुङ्गा जेसीज, सुरुङ्गा सहकार्य युवा क्लव र न्यु रेलीमाई युवा क्लवको संयुक्त रुपमा संकलन भएको आर्थिक सहयोगवाट सामाग्री वितरण गरिएको वताइएको छ ।

       शारिरीक रुपमा अशक्त भएका आजका वालवालिकाहरु भविष्यका राज्यका सम्पती भएकाले यस्ता वालवालिकाको शिक्षा, स्वास्थ्य, खानपान लगायत अन्य विविध पक्षमा सरकारको मुख नहेरीकन सामाजिक संघसंस्थाहरुवाट भएको सहयोग महत्वपूर्ण भएको भन्दै सहभागिहरुले प्रशंसा गरेका थिए । असक्त वालवालिकाहरुको आवश्यक्तालाई मध्यनजर गरेर रेडक्रस सुरुङ्गाका सभापति एवं सुरुङ्गा जेसीजका महासचिव प्रविन तिम्सिनाले एक थान टिभी सहयोग गरेका थिए भने लेडी जेसीज सुरुङ्गा र अन्य सहभागी संस्थाहरुले खाद्यसामाग्री लगायत वालवालिकाहरुका लागि डाइफर र सेनेटरी प्याड वितरण गरेका थिए ।

      कार्यक्रममा सहभागी कनकाई माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद शिवाकोटीले स्वतःस्फूर्त रुपमा वालवालिकाहरुका लागि नगद एक हजार पाँचसय सहयोग रकम हस्तान्तरण गरेका थिए । सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का सदस्य साथै सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष समेत रहेका सामाजिक व्यक्तित्व कुमारमणि पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्थानीय सरकारले आफ्नो वार्षिक वजेटमा समेत अशक्त भएका व्यक्ति एवम् समुदायका लागि रकम विनियोजन गर्न माग गरिएको छ ।

      सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भीमप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहयोगी चारवटै संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, सहायक प्रधानाध्यापक चन्द्रप्रसाद शिवाकोटी, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, नेपाल पूर्व प्रहरी संगठन झापाका अध्यक्ष खेमराज कार्की, पुकार अपाङ्ग सरोकार समाजकी संचालिका निर्मला ओझा, न्यु रेलीमाई युवा क्लवका अध्यक्ष एवम् सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष मोतीखर ओझा लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन रेडक्रस सुरुङ्गाका सभापति प्रविन तिम्सिनाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.