Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाली कांग्रेस झापामा कतै सर्वसम्मत कतै निर्वाचन, कनकाईमा प्रसाईँ प्यानल विजयी
    राजनीति

    नेपाली कांग्रेस झापामा कतै सर्वसम्मत कतै निर्वाचन, कनकाईमा प्रसाईँ प्यानल विजयी

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन १०, आईतवार १६:५० गते2 Mins Read

    कनकाई खबर \ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट झापाका १५ वटै पालिकाको नेतृत्व सार्वजनिक भएको छ । पालिकाको नेतृत्वकालागि भएको कांग्रेस अधिवेशनमा दुई पक्षिय प्रतिष्पर्धा भएको थियो भने केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ ।

    कनकाई कांग्रेसको निर्वाचनमा दुर्गा प्रसाईको प्यानलै अत्याधिक मतका साथ बिजयी भएको छ । निवर्तमान नगर सचिव समेत रहेका प्रसाईँले आफ्ना प्रतिस्पर्धीका रुपमा रहेका सेवा निवृत्त शिक्षक प्रल्हाद घिमिरेलाई ७९ मतको अन्तरले पाखा लगाउँदै कनकाई नगर सभापतिमा निर्वाचित भएका हुन् ।

    आज भएको निर्वाचनमा जम्मा १ सय ८३ मत खसेकोमा सभापतिका बिजयी उम्मेद्धार प्रसाईले १ सय २९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी प्रल्हाद घिमिरेले ५० मत मात्रै ल्याउन सफल भएका छन् । उपसभापतिमा समेत प्रसाई प्यानलकै सन्तोष रायमाझिले १४२ मत र सुर्य थापाले ११७ मत ल्याएर बिजयी भएका छन् । उपसभापतिमा घिमिरे प्यानलका नविन बस्नेतले ४९ र तेजबहादुर गिरीले ३४ मत मात्रै प्राप्त गरे । सचिव पदमा समेत प्रसाई प्यानलकै रेणुप्रसाद कडेँलले १२३ र दिपक खतिवडाले १०५ मतका साथ बिजयी भएका छन् । घिमिरे प्यानलका सचिव पदका उम्मेद्धार अर्जुन बोहोराले ७३ र हरि फुयाँलले ४६ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिले जनाएको छ । सहसचिवमा समेत प्रसाईँ प्यानलका उदित दहालले १३७ मत र धर्म राजवंशीले १२५ मतका साथ बिजयी भएका थिए भने घिमिरे प्यानलका डम्बर घिमिरेले ६३ मत प्राप्त गरे ।

    झापामा भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति , हल्दिबारी र झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे थियो भने बाँकी पालिकामा निर्वाचनबाट पदाधिकारीको टुङ्गो लागेको हो । कचनकवलमा तुलाराम अधिकारी, हल्दिबारीमा गंगा प्रसाईं, झापा गाउँपालिकामा सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।

    यसैगरी विर्तामोडको सभापतिमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, मेची नगरमा सुवेशकुमार पनेरु, शिवसताक्षीमा अशोक बस्नेत, दमकमा प्रकाश प्रसाईँ, गौरादहमा यादब सेड्याईँ, भद्रपुरमा राम कडेँल, बाह्रदशीमा ईन्द्र बस्नेत, कमलमा वुद्धिराज न्यौपाने, गौरीगञ्जमा आग्नुुप्रसाद राजवंशी निर्वाचित भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.