Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठ सेवा समाजको छैटौं साधारण सभा सम्पन्न
    समाचार

    कनकाई छठ सेवा समाजको छैटौं साधारण सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन ९, शनिबार १३:४४ गते3 Mins Read

    कनकाई खबर / कनकाई छठ सेवा समाजको छैटौं साधारण सभा एवम् पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनकै अवसर पारेर समाजले संस्थाको कार्यालय समेत उद्घाटन गरेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पानसमा दिप प्रज्वलन गरेर सभाको समुद्घाटन साथै रिवन काटेर कार्यालय भवनको विधिवत रुपमा एकैसाथ उद्घाटन गरेका हुन् । अधिवेशनसहितको साधारण सभाको अवसरमा संस्थालाई महत्वपूर्ण सहयोग गरेको भन्दै संस्थाका पूर्व अध्यक्ष चन्द्रशेखर शाह(चन्दन) , सदस्य गंगा शाह साथै वर्ष उत्कृष्ट संस्थाका पदाधिकारीका रुपमा सचिव नगेन्द्रकुमार शाहलाई सम्मान पत्रका साथ विशेष सम्मान गरिएको थियो । त्यस्तै छठ पुजाको समयमा महत्वपूर्ण सहयोग गरेको भन्दै अमन गुप्ता, बाबुलाल सोनी र मनोज मण्डललाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष सुरेन्द्र प्रधानले आफ्नो कार्यकालमा कार्यसमितिको विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई समेत प्रशंसा पत्र प्रदान गरेका छन् ।

    अधिवेशनसहितको साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगर क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै छठ समाजले समाज रुपान्तरणकालागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

    कनकाई नगर क्षेत्रमा रहेका सवै जातजातीहरुको साझा पर्वका रुपमा छठ पर्वलाई व्यवस्थित गर्दै कनकाई छठ सेवा समाजले निर्माण प्रारम्भ गरेको सूर्यनारायणको मन्दिर सहितको कनकाई सूर्यबाटिका सामुदायिक भवन यो समाजकै गहना भएको ठहर गर्दै नगर प्रमुख पोखरेलले निर्माण कार्य सम्पन्न गर्न स्थानीय सरकारको समेत सहयोग रहेको बताएका छन् ।

    भवन निर्माणकालागि कनकाई नगर प्रमुख पोखरेलले यस अघि नै १० धुर बढी जमिन दान गरिसकेका छन् भने अन्य सहयोगी स्थानीय दाता, छठ समाजका अग्रज एवम् पदाधिकारी साथै सदस्यहरुबाट समेत भएको सहयोगबाट संकलन भएको करिव ५ कठ्ठा जमिनमा सुर्यनारायणको मन्दिर सहितको सामुदायिक भवन निर्माणको कार्य प्रारम्भ भएको संस्थाका अध्यक्ष सुरेन्द्र प्रधानले जानकारी दिए । अध्यक्ष प्रधानले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय तह, समाजका पदाधिकारी तथा सदस्यहरु एवम् स्थानीय दाताहरु समेतको आर्थिक सहयोगबाट संकलन भएको करिब ५५ लाखको बजेटमा प्रारम्भिक चरणको निर्माण कार्य सम्पन्न भइसकेको बताए । छठ समाजका तर्फबाट सहकारी संस्था संचालनमा ल्याउँने योजनासहितको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष प्रधानले आफ्नो नेतृत्वको कार्यकालमा महत्वपूर्ण सहयोग गरेको भन्दै वर्ष उत्कृष्ट पदाधिकारीका रुपमा संस्थाका सचिव नगेन्द्रकुमार शाहलाई विशेष सम्मान गरेको बताएका छन् ।

    संस्थाका अध्यक्ष प्रधानको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा महासचिव राजकुमार शाहले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    साधारण सभाको बन्द सत्रले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि व्यापक छलफल भइ सर्वसम्मतले पारित भएको बताइएको छ । अधिवेशन सहितको साधारण सभा समेत भएकाले बन्द सत्रमा नयाँ कार्य समितिको सर्वसम्मत नेतृत्व चयनकालागि व्यापक छलफल भएपनि सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा निर्वाचन मण्डल गठन गरिएको बताइएको छ । संस्थाका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उप्रेन्द्र प्रधान र पूर्वअध्यक्ष चन्दन शाह सदस्य रहेको निर्वाचन मण्डल गठन भएको बताइएको छ । सर्वसम्मत नेतृत्व चयनकालागि व्यापक छलफल गर्न निर्वाचन समितिले यहि सोमबार सम्मको समय सिमा तोकिदिएको बताइएको छ ।

    संस्थाको आगामी नेतृत्वकालागि प्रत्यासीका रुपमा तीन जनाको नाम चर्चामा रहेको बताइएको छ । चर्चामा रहेका खगेन्द्र महतो, राजकिशोर चौधरी र शिवशंकर महासेठ मध्ये महासेठले सर्वसम्मत नेतृत्व चयनकालागि आँफू बाधक नबन्ने भएपछि नेतृत्व चयन सहज बन्ने सम्भावना बढेको बुझिएको छ । स्रोतका अनुसार राजकिशोर चौधरीले आउँदो कार्यकालमा मात्र आँफू नेतृत्वमा जान चाहेका कारण छठ समाजको अबको नेतृत्व युवा पुस्तामा जाने संकेत देखिएको छ ।

    संस्थाका उपाध्यक्ष विजय शर्माको स्वागत तथा वरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष उपेन्द्र प्रधान, समाजसेवी दयानन्द वंशल, पत्रकार रामप्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम संयोजक नगेन्द्र शाहले बताए । औपचारिक कार्यक्रमको सांचालन संस्थाका महासचिव राजकुमार शाहले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.