Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईको वृहत कार्यक्रममा नवनियुक्त मन्त्री हिरा थापालाई विशेष सम्मान
    मनोरञ्जन

    एमाले कनकाईको वृहत कार्यक्रममा नवनियुक्त मन्त्री हिरा थापालाई विशेष सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन ४, सोमबार १३:१७ गते3 Mins Read

    कनकाई खबर / नेकपा एमाले कनकाई नगर कमिटिले संविधान दिवसको अवसर पारेर कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सहितको सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    सांस्कृतिक कार्यक्रममा केन्द्रिय स्तरका नेतादेखि टोलस्तरका कार्यकर्ताहरु समेत एउटै स्टेजमा छमछमी नाचेको देख्दा धनुषकोटी पर्यटकीय वनभोज स्थल समेत रमाइरहे झैं देखिन्थ्यो । कार्यक्रम स्थलको संगीतमय वातावरणले उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिएको कार्यक्रम व्यवस्थापन समितिका संयोजक राजेन्द्र उप्रेती बताउँछन् । कोरोना कहरका विच लामो समय सम्म लकडाउन भएका कारण मानसिक रुपमा विचलन भएका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एकआपसमा भेटघाटको वातावरण सहज बनाउँने उद्येश्यका साथ पर्यटकीय क्षेत्र धनुषकोटी परिसरमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

    कार्यक्रमका प्रमुख अतिथी माननीय हिराकुमार थापा, संविधान सभा सदस्यद्वय प्रेम गिरी र अम्बिका राजवंशी, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, वडाअध्यक्षहरु साथै कनकाई नगरपालिकाका कार्यपालिका सदस्यहरु लगायत अन्य जनप्रतिनिधिसहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले स्टेजमा छमछमी नाचेर माहोल तताएका थिए ।

    कार्यक्रमकै अवसरमा प्रदेश सभा सदस्य माननीय हिराकुमार थापा प्रदेशको नवगठित सरकारमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सफल भएको खुशियालीमा विशेष स्वागत सम्मान गरिएको छ । कनकाई नगरबाट मन्त्री बन्न सफल माननीय थापालाई झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बू, संविधान सभा सदस्य अम्बिका राजवंशी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाइँ, निर्वाचित जनप्रतिनिधीहरु, पार्टीको सिंगो नगर कमिटी लगायत सहभागी पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुले स्वागत सम्मान गरेका थिए ।

    नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष रविन्द्र लम्सालको सभापतित्व एवम् कार्यक्रम व्यवस्थापन समिति सदस्य सीता बस्नेतले स्वागत गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले वर्तमान संविधानले महिला पुरुषमा एकता साथै समानता कायम गरेको बताए । महिलाहरुका निम्ति वर्तमान संविधानले सम्बोधन गरेकै कारण हरेक स्थानीय तहमा समेत महिलाहरुको उल्लेख्य सहभागिता रहेको भन्दै मन्त्री थापाले आफ्नो हकअधिकार सुनिश्चित गर्न अब हरेक महिलाहरु सक्षम रहेको बताएका छन् ।

    त्यस्तै संघीय सांसद एलपी साँवा लिम्बूूले सिंगो नेपाल राष्ट्रको सुखी नेपाली समृद्ध नेपाल अभियान सफल पार्ने कार्यमा नेकपा एमाले प्रतिवद्ध रहेको भन्दै पाटी फुटेको भन्ने कसैलाई भ्रम छ भने यसको पछि नलाग्न कार्यकर्तालाई सुझाव दिएका छन् । कुर्सी मोहको राजनीतिमा लागेका कुनै अवसरवादी व्यक्तिले पार्टी छोड्दैमा यसको कुनै असर नपर्ने भन्दै सांसद साँवाले कार्यकर्तालाई भ्रममा नपर्न सुझाव दिए । मुलुकलाई रुपान्तरण गर्दै आर्थिक समृद्धिको यात्रामा अघि बढाउँने महान अभियानको अभियन्ता पार्टी अध्यक्ष के.पी.ओलीले नेतृत्व गरेको पार्टी नेकपा एमालेप्रति जनताको विश्वास जागेकै कारण अहिले पनि विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेशको लहर बढेको भन्दै सांसद साँवाले नेकपा एमालेको अबको भविष्य सुनिश्चित भएको बताए ।

    संविधान सभा सदस्य अम्बिका राजवंशीले महिलाहरुका निम्ति वर्तमान संविधानले आवश्यक्ता अनुसार स्थान दिएको प्रष्ट पार्दै आफ्नो अधिकारको सदुपयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेकी छन् । सबै जातजाती, वर्ग र समुदायकालागि हित हुने गरीको अहिले सम्मकै नेपालको उत्कृष्ट संविधान भएको बताउँदै संविधान सभा सदस्य राजवंशीले समाजमा महिला पुरुष एकै रथको दुई पाङ्ग्रा झै सहयात्री बनेर हिँड्नुको कुनै विकल्प नरहेको बताएकी छन् ।

    कार्यक्रम संयोजक राजेन्द्र उप्रेतीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुुख राजेन्द्र पोखरेलले विकृति विसंगतिलाई न्युनिकरण गर्दै सामाजिक एकताका साथ अघि बढ्न सकेमा मात्र सामाजिक रुपान्तरण हुन सक्नेमा जोड दिएका छन् । कार्यक्रमको संचालन नेकपा एमाले कनकाईका सचिव विनोद रानामगरले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.