Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संविधान दिवसको अवसरमा नेकपा एमाले कनकाईको वृहत कार्यक्रम
    राजनीति

    संविधान दिवसको अवसरमा नेकपा एमाले कनकाईको वृहत कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन २, शनिबार ११:४५ गते2 Mins Read

    कनकाई खबर \ संविधान दिवसको अवसर पारेर नेकपा एमाले कनकाई नगर कमिटिले प्रशिक्षणसहितको विविध सांस्कृतिक कार्यक्रम संचालन गर्ने भएको छ ।

    कार्यक्रमकै अवसरमा नगर कमिटिले प्रदेश १ सरकारमा झापा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेश सभा सदस्य माननीय हिराकुमार थापा प्रदेशको नवगठित सरकारमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सफल भएको खुशियालीमा विशेष कार्यक्रम संचालन गर्न लागेको बताइएको छ । कनकाई नगरबाट मन्त्री बन्न सफल माननीय हिराकुमार थापालाई कार्यक्रमका अवसरमा कनकाई नगरवासीसहित झापा क्षेत्र नं.४ का नागरिकहरुबाट विशेष स्वागत सम्मान गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

    धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाईको धनुषकोटी वनभोज स्थलमा भोली असोज ३ गते आइतबारकालागि तय गरिएको कार्यक्रममा पार्टीको केन्द्र, प्रदेश, जिल्ला साथै क्षेत्र र स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुको व्यापक उपस्थिती रहने बताइएको छ । वृहत कार्यकर्ता भेलासहितको प्रशिक्षण कार्यक्रम व्यवस्थापनकालागि स्थानीय सक्रिय युवा राजेन्द्र उप्रेतीको संयोजकत्वमा गठन भएको नौ सदस्यीय समितिले कनकाई नगरका सबै वडाहरुसँग समन्वय गरीरहेको बताइएको छ ।

    कनकाई नगरका ग्रामिण क्षेत्रबाट आउँने पार्टीका कार्यकर्ताहरुलाई आवतजावतमा समस्या नहोस् भन्ने उद्येश्यले व्यवस्थापन समितिका तर्फबाट यातायातको समेत व्यवस्था गरिएको जानकारी दिँदै समितिका संयोजक उप्रेतीले पार्टीका सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा उपस्थितीकालागि अनुरोध गरेका छन् ।

    दिनको ठीक ११ बजेदेखि कार्यक्रम संचालन हुने भएकाले पार्टीको प्रत्येक वडा कमिटिले आफ्नो वडामा यातायातको निश्चित समयसिमा निर्धारण गरेर पार्टीका कार्यकर्ताहरुलाई कार्यक्रम स्थलसम्म आउँने व्यवस्था मिलाउँन नेकपा एमाले कनकाई नगर कमिटिका अध्यक्ष रविन्द्र लम्सालले सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । पार्टी अध्यक्ष लम्सालले उपस्थित सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै मास्क अनिवार्य प्रयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.