Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अस्पतालले बिदा दिएका मुर्मूले आयुर्वेदबाट पाए नयाँ जीवन
    समाचार

    अस्पतालले बिदा दिएका मुर्मूले आयुर्वेदबाट पाए नयाँ जीवन

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र ३०, बुधबार ०१:३८ गते3 Mins Read

    कनकाई खबर / दुई महिना अघि विराटनगरस्थित नोबेल अस्पतालले मिठोमसिनो खुवाएर घरमै राख्ने सल्लाह दिएका झापाको कनकाई ७ निवासी १४ वर्षिय बालक बिनोद मुर्मूको आयुर्वेदिक औषधिबाट स्वास्थ्यमा सुधार आएको भन्दै परिवारले खुशी व्यक्त गरेको छ ।

    अस्पतालमा १५ दिन सम्म राखेर पाँच लाख भन्दा बढी पैशा औषधोपचारमा खर्च गरे पनि शरिरमा रगतको मात्रा नबढेपछि स्वास्थ्यमा सुधार नआएको बिनोदका बुबा चाँद बताउँछन् । वर्षातको समयमा पैशा सापटी खोजेरै भएपनि छोराको उपचारकालागि अस्पतालमा १५ दिन बिताएका अभिभावकले आफ्नो छोराको स्वास्थ्यमा अलिकति पनि सुधार नभइकन डाक्टरले घर लैजानु भनेपछि आफूहरु तनावमा परेको बिनोदका बुबा चाँदले बताए । सामान्य आर्थिक अवस्था भएका चाँद र मुना मुर्मूका दुई छोरी र एक छोरा मध्ये अस्वस्थ भएका छोराको स्वास्थ्य उपचारका कारण परिवारमा यतिबेला आर्थिक संकट भएको बताइएको छ । मुर्मूको उपचारकालागि सहयोग गर्ने उद्येश्यले स्थानीय समाजसेवी रमेश श्रेष्ठले समेत १ लाख ७ हजार रुपैंयाँ सहयोग रकम संकलन गरेर स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरेको श्रेष्ठ बताउँछन् ।

    छोरो नबाँच्ने भयो भनेर चिन्तामा परेका बिनोदका बुबा चाँद र आमा मुनासँग सल्लाह गरी समाजसेवी श्रेष्ठको पहलमा दुई महिना अघिदेखि नै बिनोदलाई आयुर्वेदिक औषधोपचार गर्न सुरु गरिएको बताइएको छ ।

    यसै क्रममा समाजसेवी श्रेष्ठको नेतृत्वमा बिनोदलाई मेचीनगर ९ खुटेडाँगीस्थित पुरानो जडिबुटी आयुर्वेदमा लगेर त्यहिँको औषधि सेवन गर्न थालेपछि स्वास्थ्यमा क्रमिक रुपले सुधार आएको बिनोदका बुबा चाँद बताउँछन् । शरिरमा रगतको मात्रा पनि क्रमिक रुपले बढ्न थालेपछि बिरामले च्यापेर सिथिल बनेका बिनोद हाल राम्ररी हिँड्न र मजाले कुराकानी गर्न सक्ने अवस्थामा पुगेका छन् । दुर्गापुरस्थित नवयुग शिक्षा निकेतनमा कक्षा ८ मा अध्ययनरत बिनोदको आयुर्वेदिक औषधिबाट यहि गतिमा सुधार हुने हो भने अब केही दिनमै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिन सक्ने अवस्था रहेको बताइएको छ ।

    गत असारमा जण्डिसको लक्ष्यण देखिएपछि विर्तामोडस्थित मनमोहन अस्पतालमा स्वास्थ्य परिक्षण गरिएका मुर्मूलाई अस्पतालका डाक्टरले विराटनगरको नोबेल अस्पताल रेफर गरेका थिए । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका बिनोदका बुबा चाँद मुर्मू र आमा मुनाले पैशा खोजेरै भएपनि छोराको उपचारकालागि विराटनगरस्थित नोबेल अस्तालमा असार १६ गते भर्ना गराएका हुन् । डाक्टरको सल्लाह अनुसार नै १५ दिन सम्म अस्पतालमा राखिएका मुर्मूको करिब ५ लाख रुपैंया सकिएपछि पनि शरिरमा रगतको मात्रा बढ्न नसकेको भन्दै पटक पटक गरी ८ पाउण्ड रगत समेत दिएको उनका बुबा चाँद बताउँछन् ।

    यस्तो अवस्थाको आफ्नो छोरालाई मेचीनगरस्थित खुटेडाँगीमा रहेको जडीबुटी आयुर्वेदबाट भएको उपचारले नयाँ जीवन दिएको भन्दै यसका संचालक राजेन्द्र चापागाईँप्रति मुर्मू परिवारले आभार प्रकट गरेका छन् । सबै प्रकारका रोगहरुको उपचार हुने गरेको यस जडिबुुटी आयुर्वेदमा फोक्सोको क्यान्सर, मृगौला सम्बन्धिको समस्या, ब्लड क्यान्सर लगायतका जटिल किसिमका समस्याहरुको समेत उपचार हुने गरेको संचालक चापागाईँले जानकारी दिए । ४० वर्षअघि आफ्नो बुबाकै समयदेखि नै जडिबुुटी आयुर्वेदको माध्यमबाट जनताको सेवा गर्दै आएका चापागाईँले आफ्नो परिवारका अन्य सदस्यहरुलाई समेत आयुर्वेद तर्फको शिक्षा दिँदै आएको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.