Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजनीतिक संस्कार एमालेबाट सिके हुन्छ ः .अध्यक्ष ओली
    राजनीति

    राजनीतिक संस्कार एमालेबाट सिके हुन्छ ः .अध्यक्ष ओली

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र २९, मंगलवार १८:१४ गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेकपा एमाले भनेको सबै राजनीतिक दलहरुको गुरु पार्टी भएकाले देशको विकास निर्माण गर्ने शैली साथै शासन व्यवस्था संचालनकालागि अन्य राजनीतिक दलहरुले एमालेबाटै सबै कुरा सिक्नु पर्ने बताएका छन् ।


    मंगलबार एमाले जिल्ला कमिटि झापाले विर्तामोडमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रहेर नेता माधव कुमार नेपालले फाइदै फाइदा मात्र लिएर अन्त्यमा धोका दिएको बताए । माधवकुमार नेपाललाई नेकपा एमालेको संसदीय दलको नेता साथै देशको प्रधानमन्त्री समेत बनाएको स्मरण गर्दै पाएको जिम्मेवारीबाट राजिनामा दिएर भागेपछि फेरी कहिले अध्यक्ष देऊ अनि कहिले प्रधानमन्त्री देऊ भन्दै हिँड्नु कत्तिको ईमान्दारीता हो भन्ने कुरा अब जनताले बुझ्न बाँकी नरहेको पार्टी अध्यक्ष ओलीले टिप्पणी गरे ।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लामो समय सम्म सच्चा कम्युनिष्ट सिद्धान्त र विचारमा लागेको मान्छे पद नपाएर पार्टी छोड्छु भन्नु कुन किसिमको राजनीति हो भन्ने कुरा माधव नेपालले नै देखाइदिएको भन्दै सम्पूर्ण कार्यकर्ताहरुलाई सचेत रहन अध्यक्ष ओलीले अपिल गरेका छन् ।

    एमालेबाट केही साथीहरु चोइटिएर पाखा लागेपनि सिंगो पार्टीले हिम्मत नहारेको र आगामी तीन तहकै निर्वाचनमा ंएमालेकै जित हुने समेत ओलीले दावी गरे । एमालेको सरकारले तीन वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै अध्यक्ष ओलीले प्रतिक्रियाबादीहरुले विकास नचाहेकोले सरकार ढलाइएको तर्क गरे । एमालेको सरकारले विकास धेरै गरेको देखेर फेरि पनि हुने निर्वाचनमा एमालेले नै बहुमत ल्याउने डरका कारण विभिन्न देशी तथा विदेशी सक्तीहरु लागेर सरकार ढालेको आरोप ओलीको थियो ।

    जनादेशको सरकार हटाएर बनेको वर्तमान परमादेशको सरकार निर्माण भएको २ महिना वित्दा समेत सरकारले पूर्णता नपाउँनु सरकारको कमजोर क्षमता देखिन थालेको पनि उनले टिप्पणी गरे । अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको ओलीको भनाई थियो । यो अवधिमा कांग्रेस नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको उनको आरोप छ ।

    साथै प्रतिनिधी सभाका सभामुखले आफ्नो जिम्मेवार र दायीत्व भुलेको पनि उनले बताए । । सभामुख अग्नि प्रसाद सापकोटाले पदिय जिम्मेवारी भुलेर माओवादी केन्द्रको कार्यकर्ताको भूमिका निर्वाह गरेको ओलीले आरोप लगाए । एमाले पार्टिले कार्वाहि गरेका सांसदहरुको नामावाली संसदको सुचना बोर्डमा टास्न नसक्नु र संसद सञ्चालन हुँदा पनि संसदमा पेस गर्न नखोज्नु भनेको सभामुखको गैर जिम्मेवार भूमिका देखिएको उनको टिप्पणी छ । जवसम्म पार्टिले कार्वाहि र निस्कासन गरेका सांसदहरुको बारेमा सदनलाई जानकारी गराइदैन तव सम्म संसद अवरुद्ध पनि पारीरहने ओलीले बताए ।

    मन्तब्यको प्रारम्भमा पूर्वसहकर्मीहरु माधवकुमार नेपाल र पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले पार्टीको वरिष्ठ नेता रहेकै बेला नेपालले अरुको ईशरामा आफ्नो सरकार ढालेको आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कसैका असल बाबु होलान्, ससुरा होलान्, सम्धी होलान् तर पार्टीका अगाडि बेइमान, धोकेबाज र छट्टु नेता भएको ओलीको टिप्पणी छ ।

    यस्तै भेलालाई पार्टीका पोलिटव्युरो सदस्य अग्नी खरेल, केन्द्रीय कमिटि सदस्य तथा झापा इन्चार्ज रबिन कोइराला, केन्द्रीय कमिटि सदस्यहरु हिक्मत काकी, देवेन्द्र दहाल, प्रदेश अध्यक्ष देबराज घिमिरे लगायतले सम्बोधन गर्दै पहिलेको निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै आगामी महाधिवेसनमा जुट्नु पर्ने बताएका छन् । अबको निर्वाचनमा उच्च मनोबलका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै नेताहरुले पार्टि विभाजनको पक्षमा नहुन र एकताबद्ध भइ अघि बढ्न समेत अन्य नेता तथा सबै कार्यकर्तालाई सुझाव दिएका छन् ।

    पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षता, सचिव मदन अधिकारीको सञ्चालन रहेको कार्यक्रममा सहभागीहरुलाई झापा जिल्ला पार्टी उपसचिव चन्द्रा श्रेष्ठले स्वागत गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.