Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एनएमसीद्धारा प्रतिवेदन सार्वजनिक गर्दै चारवटा नयाँ व्यवसाय थप्ने प्रस्ताव
    समाचार

    एनएमसीद्धारा प्रतिवेदन सार्वजनिक गर्दै चारवटा नयाँ व्यवसाय थप्ने प्रस्ताव

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र २८, सोमबार १४:३२ गते2 Mins Read

    बिर्तामोड \  नेपाल बहुउदेश्यीय सहकारी संस्थाले २९ औं वार्षिक साधारण सभा गर्ने मिति, स्थान र नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    बिर्तामोड स्थित सहकारीको सेवाकेन्द्रमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रमम मार्फत वार्षिक प्रतिवेदन विमोचन गर्दै साधारण सभाको आगामी कार्यक्रमहरु सर्वजनिक गरेको छ ।संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीपप्रसाद उप्रेती र संचालक सदस्य डम्बरबहादुर बस्नेतले संयुक्त रुपमा प्रतिवेदन पुस्तिका सार्वजनिक गर्दै साधारण सभाको घोषणा गरेका थिए ।

    आगामी असोज ३ गते देखि ९ गते सम्म चरणवद्ध सबै सेवाकेन्द्रहरुमा हुने क्षेत्र इकाईगत सासाधरण सभा हुदै प्रतिनिधीमूलक एउटा ईकाईबाट छनौट भएर आउने ३ जना गरि १ सय ३५ जना शेयर सदस्यहरुको सहभागितामा असोज ९ गते मेचीनगर स्थित संस्थाको एकीकृत नमुना कृषि फार्म परियोजना स्थलमा साधारण सभालाई पूर्णता दिने कार्यक्रम तयार पारिएको छ ।

    २०५२ सालमा स्थापना भएको नेपाल बहुउदेश्यीय सहकारी स्थापना कालमा साविक काँकडभिट्टा गाउँ विकास समितिको वडा नं. ८ लाई कार्य क्षेत्र तोकेर दैनिक ४० रुपियाँ पारिश्रमिक दिनेगरी एक कर्मचारी र मासिक ५ सय भाडा तिर्ने गरी एक कोठाबाट सुरु भएको सहकारी हाल झापामा ४३ वटा सेवा केन्द्र र जिल्ला बाहिर मोरङ र इलामा एक एक वटा गरेर ४५ वटा सेवाकेन्द्र कार्यालयहरु संचलनमा रहेको छ । २ सय १४ वटा इकाईमा २ सय भन्दा धेरै कर्मचारीहरु कार्यरत रहेका छन् भने १ लाख ४ हजार ७ सय ८७ जना शेयर सदस्यहरु रहेका छन् ।

    ‘असल संस्कार र समृद्धिकालागि एनएमसी’ भन्ने मूल नाराका साथ अघि बढेको सहकारीले एकीकृत नमुना फार्म, एनएमसी सहकारी पसल, चिया व्यवसाय सहकारीको अवधारणा अनुसार संचलनमा ल्याएको छ । त्यसैगरी नयाँ कार्यक्रमहरुमा एनएमसी एग्रो सपोर्ट बिजनेस, प्याकेजिङ, चामल मिल र एनएमसी तोरीको तेल मिल संचालनमा ल्याउने कार्यक्रम ल्याएको छ ।

    संस्थाको आर्थिक बर्ष २०७७/७८ सम्ममा चुक्ता शेयरपुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २ सय रहेको छ भने निक्षेप मौज्दात ८ अर्व ८५ करोड ४२ लाख २३ हजार ४ सय ३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७७/७८ मा करअघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५ सय ४८ रुपैयाँ गर्न सफल भएको बताईएको छ ।

    आन्तरिक तथा बाह्य लगानी तर्फ बैकिङ व्यवसायमा १ अर्ब, डेरी २० करोड, एकीकृत नमुना कृषि फर्म २५ करोड, सहकारी पसल ३० करोड, चिया प्रशोधन ५ करोड र अन्य वयवसायमा २ करोड लगानी भएको अध्यक्ष उप्रेतीले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.