Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा वडास्तरीय फुटबलको धमाका
    खेलकुद

    कनकाईमा वडास्तरीय फुटबलको धमाका

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र २७, आईतवार १७:१७ गते2 Mins Read

    कनकाई खबर \ बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

    फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको छ ।

    यस पटक असोज १६ गते सुरु भएर २५ गते समापन हुने फुटवल प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन हुने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताएका छन् । समितिको वार्षिक कार्यक्रम अनुसार नै फुटवल प्रतियोगिता संचालन हुने भएको अध्यक्ष लम्सालले जानकारी दिए ।

    कनकाई नगरलाई खेलकुदको हब बनाउँने योजना अनुुरुप निर्माण गरिएका वार्षिक कार्ययोजनाहरु कोरोना कहरसँगै निष्क्रिय बनेपछि हाल केहि सहज भएको अवस्थालाई मध्यनजर गर्दै वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष लम्सालले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५÷५ हजार नगद प्रदान गरिने जनाइएको छ ।

    अध्यक्ष लम्सालको सभापतित्व एवम् खेल व्यवस्थापन उप समितिका सचिव विनोद रानामगरले संचालन गरेको एक संक्षिप्त कार्यक्रममा कनकाई नगरका नौ वटै वडास्तरीय खेलकुद विकास समितिलाई २ \ २ वटा फुटबल हस्तान्तरण गरिएको बताईएको छ । कार्यक्रममा जनप्रतिनिधिका रुपमा कनकाई ७ की वडा सदस्य गिता चौहान, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौला, कनकाईका अगुवा खेलाडी दिलकुमार कार्की लगायतको उपस्थिती रहेको खेल आयोजक समितिका सचिव विनोद रानामगरले जानकारी दिएका छन् ।

    फुटबल प्रतियोगितामा नगरका नौ वटै वडाबाट खेलाडी साथै फुटवलका पारखीहरुको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्दै खेल संयोजक गोविन्द उप्रेतीले खेललाई भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत निर्माण गरेको बताए । यसरी निर्माण गरिएका उपसमितिहरुमा खेल मैदान व्यवस्थापन उपसमितिमा संयोजक दिलकुुुमार कार्की, स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा त्रिलोचन चिरीया, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द उप्रेती, प्रचार प्रसार उपसमितिको संयोजकमा राम निरौला, टिम व्यवस्थापन उपसमिति संयोजकमा कैलाश कार्की, स्वयं सेवक परिचालन उपसमिति संयोजकमा रविन ढुङ्गाना, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा सिरस खरेल, अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजकमा सारिका गिरी रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.