Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सडक दुर्घटनाका घाइतेलाई उपचार नगर्ने प्राधिकरणको धम्की
    समाचार

    सडक दुर्घटनाका घाइतेलाई उपचार नगर्ने प्राधिकरणको धम्की

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र २६, शनिबार १०:०४ गते3 Mins Read

    झिलझिले / धरमपुर दुर्घटनाका घाइतेलाई पीडक पक्षले उपचार नगर्ने भन्दै धम्काएपछि झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेका एकजना पीडित थप मानसिक पीडामा परेका छन् । शिवसताक्षी नगरपालिका वडा नं १ का भिमदत्त भट्टराई आर्थिक र मानसिक पीडामा परेको उनका आफन्तहरुले बताएका छन् ।

    गएको भदौ १० गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाको बोलेरो जिपले भट्टराईलाई ठक्कर दिएको थियो । भट्टराई झिलझिले बजारमा सौदा गरेर घर फर्कने क्रममा थिएँ । त्यहीक्रममा पश्चिमबाट पूर्व गइरहेको नेपाल विद्युत प्राधिकरणको प्रदेश ३ —०१ ००१ ञ २५४१ नम्बरको बोलेरो गाडीले में ७ प ८०९३ नम्बरको स्कुटीमा सवार भट्टराईलाई ठक्कर दिएर भुइँमा लडाएको थियो ।

    उनको बायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ भने छाति, टाउको लगायतका शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ । अस्पताल स्रोतका अनुसार भट्टर्राईको टाउकोमा रगत जमेकाले उनको शल्यक्रिया गर्नुको विकल्प छैन । घाइते भट्टराईको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए ।

    तर, नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाका प्रमुख भीम प्रसाद गनगाईलें अस्पतालमा उपचार गराइरहेका भट्टराई प्राधिकरणले उपचार नगर्ने भन्दै धम्काएको पीडितका आफन्त सुजन ओलीले बताए । ‘उहाँले चालक अनुमतिपत्र नभएका घाइतेको उपचार कुनै पनि हालतमा नगर्ने भनेर हामीलाई धम्की दिइरहनु भएको छ,’ ओलीले भने ।

    पीडित भट्टराई परिवार ले नै अस्पतालमा धरौटी, औषधिको शुल्क लगायतका अन्य आर्थिक व्ययभार हरु हालसम्म जोहो गरिरहेका छन् । आर्थिक अवस्था दयनीय रहेका भट्टराई परिवारको थप उपचारकालागि आर्थिक जोहो गर्ने विकल्प नभएकाले पिडक प्राधिकरण पक्षसँग कुरा गर्दा आफूहरुले उपचार नगर्ने भन्दै थप मानसिक पीडा दिएको घाइतेका ससुरा केडी रिजालले बताए ।

    सवारी दुर्घटनामामा परेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र काजक्रिया, चोटपटक लागि अङ्गभङ्ग भएमा पीडितको उपचार खर्च र क्षतिपूर्ति पीडक पक्षले उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ। अधिवक्ता भीम बराल भन्छन, ‘सवारीसाधनले ठक्कर दिनु नै गलत हो । यस्तो अवस्थामा पीडकले पीडित पक्षको उपचार र क्षतिपूर्ति व्यहोर्नुपर्छ ।’

    सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएमा त्यस्तो चालकलाई कारवाही गर्ने कानुनको छुट्टै पाटो छ । अधिवक्ता बरालले भने ‘विद्युत प्राधिकरणको सवारी साधनले ठक्कर दिएर घाइते बनाएका भट्टराईलाई चालक अनुमतिपत्र नभएका कारणले उपचार गर्दिन भन्ने कानुनी प्रावधान नै छैन ।’

    दुर्घटनामा संलग्न बोलेरो र सोका चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको थियो । चालक बाहेक बोलेरो अहिले पनि प्रहरी नियन्त्रणमा छ ।

    प्राधिकरणले पीडितको उपचार नगर्ने, प्रहरी नियन्त्रणमा रहेका चालक र बलेरो निकाल्ने जस्ता धम्की पीडित पक्षलाई दिन थालेको स्थानीयले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको उक्त बोलेरो घाइेतेको उपचारको ग्यारेन्टी नहुन्जेलसम्म निकाल्न नदिने शिवसताक्षी नगरपालिकाका युवाहरुले बताएका छन् ।

    पीडकले उपचार गर्ने खर्च ननिकाल्ने, प्रहरी नियन्त्रणमा रहेको गाडी निकाल्न प्रहरी प्रशासनलाई दबाब दिने जस्ता क्रियाकलापले पीडित पक्षलाई थप अन्याय भएको स्थानीय युवा दिपेश रिजालले बताए । उनले भने,‘ घाइतेको उपचार गर्नुको विकल्प प्राधिकरणसँग छैन । प्रहरी नियन्त्रणमा रहेको सवारी साधन निकाल्न पीडितको उपचारको ग्यारेन्टी लिखित गरेपछिमात्र सम्भव हुने उनले बताएका छन् । अन्यथा कानुन हातमा लिएर जोड जवरजस्त गरे त्यसपछि आईपर्ने समस्या नेपाल विद्युत प्राधिकरण धुलाबारीका कार्यालय प्रमुख भीम प्रसाद गनगाईले व्यहोर्नुपर्ने धरमपुरका स्थानीयले बताएका छन् ।

    यता स्थानीय प्रशासनले पीडितको उपचार र क्षतिपूर्ति प्राधिकरणले नव्यहोर्ने तर्क कानुन सम्मत नभएको बताएको छ । ट्राफिक प्रहरी पोष्ट झिलझिलेका अनुसार राजमार्गको डिभाइडर लाईन देखी १० मिटर अर्को तर्फको सडक मिचेर भट्टराई सवार स्कुटीलाई प्राधिकरणको सवारी साधनले ठक्कर दिएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.