Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ज्यान गुमाएका सदस्य परिवालाई कर्णाली साकोसको ५ लाख सहयोग
    समाचार

    ज्यान गुमाएका सदस्य परिवालाई कर्णाली साकोसको ५ लाख सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र २५, शुक्रबार १५:५० गते2 Mins Read

    कनकाई खबर / झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमका विच दुर्घटनामा ज्यान गुमाएका आफ्ना सदस्यका परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।

    संस्थाको सुरुङ्गा सेवा केन्द्र अन्तर्गत रहेर कारोवार गर्दै आएका शेयर सदस्य पूर्णबहादुर विष्ट र उनकी पत्नी भीमा विष्टको डेढ महिनाअघि दमकको चियाबगानमा भएको सडक दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएपछि संस्थाले विष्ट दम्पतीको परिवारलाई राहत रकम हस्तान्तरण गरेको सुरुङ्गा सेवा केन्द्रका प्रमुख ईन्द्रबहादुर कार्कीले बताए ।

    सुरुङ्गास्थित होटल डिलाइटको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले विमा बापतको रकम ४ लाख र उपचार सहयोग वापतको ८० हजार गरी ४ लाख ८० हजार बराबरको चेक दिवंगत दम्पतीका छोरा निशान विष्टलाई हस्तान्तरण गरिएको हो ।

    कर्णालीले विष्ट दम्पतीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको अवसर पारेर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत परिवारलाई राहत रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष टीएस प्रधानले बताए ।

    संस्थाको सुरुङ्गा सेवा केन्द्र अन्तर्गत व्यवस्थापन उपसमितिका संयोजक चन्द्रप्रसाद भेट्वालको सभापतित्व रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । शिक्षा उपसमितिका सदस्य देवी थापाले सञ्चालन गरेको कार्यक्रममा सुरुंगा सेवाकेन्द्रकी उपसमिति सदस्य शान्ताकुमारी अधिकारीले स्वागत गरेकी थिइन् ।

    कार्यक्रममा जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाराकोटी, सामाजिक व्यक्तित्वहरु रविन्द्र लम्साल, ख्याम ओली, विष्णु विमली लगायतले दिवंगत विष्ट दम्पतीको मेहनत र परिश्रमको खुुलेर चर्चा गर्दै सन्तानको उज्वल भविष्यका लागि स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्था र समुदायले मिलेर सहयोग गर्नुपर्ने बताए ।

    सोही अवसरमा मृगौलापीडित शेयर सदस्य कमलबहादुर कार्कीलाई १० हजार उपचार खर्च र कोरोनाका कारण ज्यान गुमाएका शेयर सदस्य प्रकाशकुमार राई र उनकी श्रीमती सपना लिम्बूको परिवारलाई पनि नगद १२ हजार रकम उपलब्ध गराएको बताइएको छ ।
    कर्णालीले सदैव सदस्यकेन्द्रित कार्यक्रमहरु ल्याउने गरेको बताउँदै संस्थाका सचिव भूपाल वस्नेतले सदस्य तथा तिनको परिवारको स्वास्थ्य र शिक्षाका लागि यसै वर्षदेखि थप सुविधाका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.