Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युवा संघ कनकाईको निरन्तर अभियान, विपन्न सन्थाल परिवारमा खाद्य सामाग्री
    आर्थिक

    युवा संघ कनकाईको निरन्तर अभियान, विपन्न सन्थाल परिवारमा खाद्य सामाग्री

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १९, शनिबार १४:३८ गते2 Mins Read

    कनकाई खबर \ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीले मानवीय सेवालाई अभियानका रुपमा निरन्तरता दिएको छ ।

    कोरोना महामारीको यो संकटकालिन समयमा विहान बेलुका हातमुख जोड्न नै समस्यामा परेका विपन्न वर्ग र समुदायको पहिचान गरी युवा संघले थोरै भएपनि सहयोग गर्ने कार्यलाई अभियानका रुपमा अघि बढाएको युवा संघ कनकाईका अध्यक्ष विश्वविजय खरेलले बताएका छन् । विपन्न वर्ग र समुदायको पहिचान गरी न्युनतम आधारभुत आवश्यक्ता पुर्तिकालागि सरकारको ध्यान केन्द्रित होस् भन्ने उद्येश्यले समेत सांकेतिक रुपमा युवा संघले अभियान संचाालन गरेको अध्यक्ष खरेल बताउँछन् ।

    यसै क्रममा आज शनिवार कनकाई ७ स्थित टोल नं.१० का दुईवटा विपन्न सन्थाल परिवारमा युवा संघले खाद्य सामाग्री वितरण गरेको छ । युवा संघ कनकाईका अध्यक्ष विश्वविजय खरेल, संघका पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई नगर कमिटीका सचिव विनोद रानामगरसहित युवा संघका पदाधिकारीहरु विपन्न परिवारको निजी निवासमै गएर अतिआवश्यकीय खाद्य सामाग्री वितरण गरिएको युवा संघ कनकाईका सहसचिव दिलीप राईले जानकारी दिएका छन् । खाद्य सामाग्री पाएपछि शारिरीक रुपमा अशक्त समेत भएका विपन्न सन्थाल परिवारले खुशी व्यक्त गरेका थिए ।

    खाद्य सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधीका तर्फबाट कनकाई ७ का वडा सदस्यद्वय प्रकाश शिवाकोटी र गिता चौहान साथै युवा संघ कनकाई ७ का सदस्य कृष्ण पाठकसहितको उपस्थिती रहेको बताइएको छ । मानवीय सेवाको माध्यमबाट सामाजिक एकता कायम राख्ने उद्येश्यका साथ युवा संघ नेपाल कनकाई नगर कमिटीले संचालन गरेको अभियानलाई निरन्तरता दिँदै जाने युवा संघ कनकाईका अध्यक्ष खरेलले कनकाई खबरलाई जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.