Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा स्थानीय सरकारका सवालबारे दुईदिने खोज पत्रकारिता तालिम शुरु
    समाचार

    झापामा स्थानीय सरकारका सवालबारे दुईदिने खोज पत्रकारिता तालिम शुरु

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १९, शनिबार ०८:३५ गते3 Mins Read

    बिर्तामोड / नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ ।

    कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी तालिमको उद्घाटन गरे । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी र दमक नगररपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना व्यक्त गरेका थिए । तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले औचित्य माथि प्रकाश पार्दै विषयवस्तु प्रस्ट्याएका थिए ।

    दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी) को सहकार्य रहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता छ । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको तालिम उद्घाटन समारोहको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

    तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारीले खोजमूलक र मर्यादित पत्रकारितामा अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गरे । स्थानीय सरकारका धेरै सवालहरु ओझेलमा परेको भन्दै भण्डारीले खोजमूलक पत्रकारिताको माध्यमबाट त्यस्ता सवालहरुलाई आमनागरिक समक्ष उजागर गर्न उनले सुझाए । पत्रकारिताको नाममा गलत कार्य गर्न कसैलाई पनि छुट नहुने र गलत गर्नेहरुलाई दण्डित गर्नुपर्ने भण्डारीको जोड थियो । पत्रकार र पत्रकारिताका विषयमा सरकार र समाजमा उठ्ने प्रश्नहरु बारे सम्बद्ध सबैको सहभागितामा छलफल बहस हुनुपर्ने भण्डारीको जोड छ ।

    बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले पत्रकारितामा नकारात्मक मात्र लेख्ने र पार्टी पत्रकारिता मौलाएको गुनासो गरे । नकारात्मक मात्र लेखेर कसैलाई खुइल्याउने भन्दा पनि लेखन तथ्यपरक हुनुपर्ने र स्थानीय सरकारका सकारात्मक कार्यहरु पनि सञ्चारमाध्यममा उत्तिकै प्राथमिकतामा पर्नुपर्ने शिवाकोटीले बताए ।

    दमक नगरपालिकाका मेयर ओलीले स्थानीय सरकारको ठूलो जिम्मेवारीसँगै त्यहाँभित्र धेरै सवालहरु विद्यमान रहेको तर त्यस विषयमा मिडियाको उचित ध्यान नपुगेको बताए । ओलीले खोजमूलक पत्रकारितामा जोड दिँदै तथ्यपरक र सकारात्मक विषयवस्तु पनि उजागर गरिदिन आग्रह गरे ।

    कार्यक्रममा शेयरकास्टका अफिस मेनेजर भूमि चापागाईले संस्थाको गतिविधि र पत्रकार महासंघसँगको सहकार्यबारे प्रस्ट्याएका थिए । बिर्तामोडको टायमलेस मुमेन्ट होटलमा भइरहेको तालिममा शेयरकास्टकी रिसर्च अफिसर ओसिन राईको पनि सहभागिता छ ।

    स्थानीय सरकारलाई प्रभावकारी, पारदर्शी एवम् जवाफदेही बनाउन त्यहाका सवाल उठान गर्न पत्रकारहरुलाई खोज पत्रकारितामा प्रेरित गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।
    स्थानीय सरकारले सम्पादन गर्ने कार्यहरु, कार्यक्रम निर्माण तथा बजेट विनियोजन प्रक्रिया र कार्यसम्पादनका बारेमा आम जनतालाई सुसूचित गराउने सवालहरु बारे तालिममा छलफल हुने बताइएको छ । स्थानीय सरकारले दिने सेवासुविधाको प्रभावकारिता र पारदर्शिताका बारेमा तथ्य उजागर गर्ने एवम् आन्तरिक सुशासनलाई प्रवद्र्धन गर्नका लागि सञ्चार क्षेत्रबाट कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा छलफल हुने बताइएको छ ।स्थानीय सरकारसँग सहभागी मध्ये सम्बन्धित विषयवस्तुलाई प्रभावकारी रुपमा उठान गरी अर्थपूर्ण र विकल्पसहितको समाधानका लागि जिम्मेवार पत्रकारिता मार्फत विषयवस्तुको उत्कृष्ट ढंगले रिपोर्टिङ गर्ने पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने बताइएको छ ।

    प्रभावकारी र जिम्मेवार पत्रकारिताको माध्यमबाट सुशासन प्रवद्र्धनका क्षेत्रमा कलम चलाउन पत्रकारलाई अभिप्रेरित गर्ने तालिमको अपेक्षा रहेका शेयरकाष्टका अफिस मेनेजर चापागाईले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.