Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाली कांग्रेसलाई वडाअधिवेशनको चटारो, कनकाईमा वडासभापतिहरु सर्वसम्मत
    समाचार

    नेपाली कांग्रेसलाई वडाअधिवेशनको चटारो, कनकाईमा वडासभापतिहरु सर्वसम्मत

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १८, शुक्रबार १७:३५ गते2 Mins Read

    कनकाई खबर \ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत यही भदौं १८ गते देशव्यापी हुने भनिएको वडा अधिवेशन झापामा १९ गते प्रारम्भ हुने भएको छ ।

    निर्वाचनमा जानुुअघि नै कनकाई नगरका नौ वटै वडाका सभापतिहरु भने सर्वसम्मत हुने अवस्थामा पुगेको पार्टी स्रोतले जनाएको छ । यसै क्रममा कनकाई १ मा मनोज बस्नेत र टेकनाथ लुइटेलका विचमा सहमतिको वातावरण बनेको भएपनि आधिकारीक रुपमा घोषणा हुन भने बाँकी रहेको बताइएको छ । सर्वसम्मत भएपनि घोषणा हुन बाँकी रहेका वडाहरु मध्ये कनकाईको वडा नं.२ मा वुद्धिमान बोहोरा, वडा नं.५ मा याम फुयाल, वडा नं.६ मा रामगोपाल ओली, वडा नं.८ मा लक्ष्मणज्वयल श्रेष्ठ र वडा नं.९ मा मोहन राजवंशी रहेको बताइएको छ ।

    निर्वाचन तालिका अनुुसार मतदाता नामावली प्रकाशन भदौ १९ गते १२ बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० सम्म उम्मेद्वारमाथि दावी–विरोध, २ः३० देखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता र ५ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका तय गरिएको झापाका लागि निर्वाचन अधिकृत सुवोधबाबु चिलवालले जानकारीदिए ।

    सर्वसम्मत भएका वडाहरुमा १९ गते नै मतदान प्रक्रिया सम्पन्न हुनेछ भने सर्वसम्मत नभएका वडाहरुमा भदौ २० गते ९ बजेदेखि १ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदान सकिएलगत्तै मतगणना र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका तय गरिएको छ । स्थानीय निर्वाचनलाई समेत लक्षित गरेर पार्टीलाई हाँक्न सक्ने सक्षम नेतृत्व चयनकालागि सक्रिय रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु यतिबेला जिल्लाका १३१ वटै वडामा रहेका आफ्ना मतदाताहरुसँग भेटघाटमा व्यस्त देखिन्छन् ।

    झापामा केन्द्रिय स्तरका नेताहरु मध्ये कृष्ण सिटौलाको लाइन राम्रो बनेका कारण कनकाई नगरपालिका क्षेत्रमा समेत यसको प्रभाव परेको देखिन्छ । जसका कारण पनि पालिकाको नेतृत्वमा समेत यसले राम्रै प्रभाव पार्ने अनुमान गरिएको छ ।

    पालिका, क्षेत्रीय र जिल्ला नेतृत्वमा जान चाहनेले पहिलो खुड्किलोको रुपमा रहेको वडाअधिवेशनमा उम्मेद्वार बन्नु पर्नेछ । नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुले वडा अधिवेशनमा गरेको मतदानबाट वडा कमिटी र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने बताइएको छ ।

    क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् । केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएका छन् । वडाअधिवेशन समाप्त भएसँगै भदौ २७ गते गाउँ र नगर अधिवेशन गर्ने कार्यतालिका रहेको बताइएको छ ।

    झापाको अधिवेशनका लागि केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा आएका सुबोधबाबु चिलवालले सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

    चिलवालले निर्वाचनका लागि भएको प्रतिस्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी सङ्गठन बलियो बनाउने कार्यमा गम्भिर बन्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.