झापा गाउँपालिका \ बिरिङ खोलाको कटानबाट हुने थप क्षती कम गर्न अस्थायी तटबन्धन निर्माण सुरु भएको छ ।
झापाको झापा गाउँपालिका–६ चन्द्रबस्ती पुर्व रहेको बिरिङ खोलाले पश्चिम तर्फ तिब्र रुपमा लगातार कटान गर्न थालेपछी जनताको तटबन्धन अन्तरगत निर्माण गरिएको तटबन्धन नै कटान गरेर खोलो गाउँ पस्ने सम्भावना देखेपछी अस्थायी तटबन्धन निर्माण कार्य सुरु गरिएको छ ।
श्री नयाँ नाथ गण चारआली बाट नेपाल आर्मी ,सशस्त्र प्रहरी बल नेपाल,नेपाल प्रहरी स्थानियद्वारा अस्थायी तटबन्धन निर्माणको काम भइरहेको छ।
टोलीले बास र तारको प्रयोग गरेर अस्थायी तटबन्धन निर्माण गर्ने जनताको तटबन्धन कार्यक्रम गैडेका इन्जिनियर बिजेन्द्रप्रसाद गुप्ताले बताए । प्रमुख तटबन्धन देखि खोलाको दुरी ५ मिटर भएकाले बाँसको मोडलिङ गरेर अस्थायी तट निर्माण गर्ने इन्जिनियर गुप्ताले बताए ।
सुरक्षाकर्मीको टोली सहित कटान क्षेत्रको अनुगमन गर्न आएका झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बिरिङ खोलाले तटबन्धनलाई क्षती गरेर बस्ती नै जोखिममा पर्ने सम्भावना देखेपछी झापा गाउँपालिकासँग समन्वय गर्दै तिनवटै सुरक्षा निकाय परिचालन गरेर कटान नियन्त्रण गर्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले झापा गाउँपालिका डुबान र कटानको अती जोखिममा रहेकोले डुबान हुनु पुर्व नै सावधानी अपनाउदै गरेको बताए ।
पहिले बिरिङ खोला जनताको तटबन्धन कार्यक्रम अन्तरगत निर्माण गरिएको तटबन्धनबाट सय मिटर पुर्व रहेको थियो। बिगत केही दिनबाट आइरहेको अविरल वर्षाका कारण खोलाले दैनीक निरन्तर कटान गर्दै आइरहेको छ । तटबन्धन पुर्व जमिन भएका सात जना स्थानियको करिव दुई बिघाह जमिन र बोटबिरुवा खोलाको कटानले क्षती गरेको बताइएको छ ।
खोलाले कटान गर्दै तट बन्धननै भत्काउने जोखिम बढेपछी आज बिहानै देखि स्थानिय जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि,सामाजिक अगुवाहरुले खोलाबाट हुने क्षती कम गर्न संवन्धित निकायमा पहल गरेका थिए।