Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘बीएण्डसीले बिरामीलाई बन्धक बनाएको होइन, बचाएको हो’ बिरामी र बिरामीका आफन्तको भनाई
    समाचार

    ‘बीएण्डसीले बिरामीलाई बन्धक बनाएको होइन, बचाएको हो’ बिरामी र बिरामीका आफन्तको भनाई

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १७, बिहीबार १६:०६ गते2 Mins Read

    झापा / पैसा तिर्न नसकी बीएण्डसी अस्पतालमा बिरामीलाई बन्धक बनाएको समाचार बाहिर आएपछि शिवसताक्षी– २ का यामबहादुर श्रेष्ठको परिवारले विहीबार विहान अस्पताल प्रशासनसंग पत्रकार सम्मेलनको व्यवस्था गरिदिन आग्रह गर्‍यो । सोही अनुसार अस्पताल प्रशासनले व्यवस्था मिलाईदियो ।

    सुरुमै यामबहादुरका भाई ख्यामबहादुरले भने, ‘समाचार पुरै गलत , उनले अगाडी थपे बीएण्डसीले बन्धक बनाएको होइन, हाम्रो दाइ भाउजूको ज्यान बचाएको हो ।’

    १९ फागुन ०७७ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को.१ ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३प. १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसबेला कारमा सवार दुईजनाको ज्यानै गएको थियो भने मोटरसाइकलमा रहेका श्रेष्ठ दम्पती घाइते भएका थिए । श्रेष्ठ दम्पत्ती अहिलेसम्म सोही अस्पतालमा बसेर उपचार गराईरहेका छन् ।

    विहीबारको एक दैनिक पत्रिकामा ‘ट्रकले ठक्कर दियो बीएण्डसीले बन्धक बनायो ‘ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उपचार गराईरहेका आफ्ना दाइभाउजूलाई समेत संगै राखेर ख्यामबहादुरले भने, ‘हामीले त उपचार चलिरहेको छ, खर्च यति लाग्यो र यति तिरियो भनेका थियौँ । हाम्रो मुद्धा जिल्ला प्रशासन कार्यालयमा प्रक्रियामै छ । तर एकाएक अस्पताललाई दोष देखाउने गरी समाचार प्रकाशित गरिएछ । यो सरासर बेइमानी हो,’उनले भने ।

    ‘जसले दुर्घटना गराउँछ । उपचार खर्च उसले तिर्नुपर्छ । यसमा सीडीओ कार्यालयमा केश दर्ता भइसकेको छ । अब छिटै यसको फैसला हुन्छ होला । त्यसपछि हामीले अस्पतालमा लागेको खर्च पनि तिर्न सक्छौँ भन्ने हो । अहिले अस्पतालले हाम्रो उपचार गराईरहेको छ । कहाँबाट बन्धक हुनु ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

    अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बन्धक बनाउने कुनै कुरा नभएको भन्दै समाचारमा सत्यता नभएको बताए । ‘उहाँहरु गम्भीर घाइते हुनुभयो । लामो समय देखि अस्पतालमा बस्नु परेको छ । उपचारका क्रममा खर्च लाग्छ । त्यो दुर्घटनाको केश भएकाले खर्च तिर्ने विषय प्रहरी प्रशासनले पनि हेर्दै होला । हामी उहाँहरुलाई किन बन्धक बनाउनु ?’ गिरीले भने ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.