Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका विद्यार्थीलाई भदौ १६ गते एस्ट्राजेनेका खोप लगाइने
    समाचार

    कनकाईका विद्यार्थीलाई भदौ १६ गते एस्ट्राजेनेका खोप लगाइने

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १५, मंगलवार ०७:१४ गते2 Mins Read

    कनकाई खबर \ स्वास्थ्य कार्यालय झापाको सर्कुलर अनुसार कनकाई नगरपालिकाले यस क्षेत्रमा रहेका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत १८ वर्ष माथिका तत्काल परिक्षा हुने अवस्थाका परिक्षार्थीहरुलाई प्रवेश पत्रका आधारमा एस्ट्राजेनेका खोप लगाउँने भएको छ ।


    भदौ १६ गते कनकाई मावि सुरुङ्गा परिसरमा कनकाईको वडा नं.१ देखि वडा नं.९ सम्मका प्रवेश पत्रसहितका विद्यार्थीहरुलाई एस्ट्राजेनेका खोप लगाउँने तयारी भएको कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गालले जानकारी दिएका छन् । कक्षा १२ को परिक्षामा सहभागी हुने तथा राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, विभिन्न विश्व विद्यालयहरु तथा प्रतिष्ठानबाट प्राप्त प्रवेश पत्र प्राप्त विद्यार्थीहरुकालागि एस्ट्राजेनेका खोप लगाउँने तयारी भएको स्वास्थ्य शाखा प्रमुख दङ्गाल बताउँछन् ।

    त्यस्तै भदौ १७ र १८ गते भेरोसिलको पहिलो खोप लगाएकाहरुलाई दोस्रो खोप लगाउने कार्यक्रम रहेकोले पहिलो खोपको कार्ड लिएर नगरले तोकेको स्थान र समयमा उपस्थित हुन समेत लक्षित वर्गलाई अनुरोध गरिएको छ । यसका साथै फागु \ चैत्र महिनामा कोभिसिल्ड खोप लगाउनेहरुका लागि त्यसको वैकल्पिकका रुपमा एस्ट्राजेनेकाको दोस्रो खोप यहि २०गते लगाइने भएको छ । सवै तहका कोभिसिल्डको पहिलो डोज लगाएर बसेका झापाली नागरिकले समेत अव भने दोस्रो मात्रा खोप लगाउन पाउने भएका छन ्। ६ महिना भन्दा बढी समयको प्रतीक्षा पछि कोभिसिल्डको सट्टामा त्यसको विकल्पमा आएको एस्ट्राजेनेकाको खोप भदौ १५ गतेदेखि झापाका विभिन्न पालिकाहरुले लगाउँदैछन् ।

    डिसिएमसि झापाको आइतवार बसेको वैठकले भदौ १५ गतेदेखि २३ गतेसम्म ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो।
    सो निर्णय बमोजिम भदौ १५ र १६ गते १८ वर्ष र सो भन्दा माथिका स्कुल ÷कलेजमा अध्ययनरत विद्यार्थीलाई परिचय पत्र र प्रवेश–पत्रको आधारमा पहिलो मात्रा खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय झापाले सवै पालिकाहरुलाई पत्राचार गरेका आधारमा खोप कार्यक्रम संचालन भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

    त्यसैगरी भदौ १७ –१९ गते भद्रपुर, मेचीनगर, दमक, विर्तामोड, अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति, कचनकवल, हल्दीबारी र बारदशी गाउँ पालिकामा खोप अभियान सञ्चालन गरिनेछ भने कनकाई, शिवसताक्षी र गौरादह नगरपालिका तथा कमल,गौरीगञ्ज र झापा गाउँपालिकामा भदौ २० र २१ गते खोप सञ्चालन गर्ने मिति तय गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.