Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्मार्ट चौक निर्माणको अभियानमा स्थानीय सरकार
    समाचार

    स्मार्ट चौक निर्माणको अभियानमा स्थानीय सरकार

    ramBy ram२०७५ माघ १७, बिहीबार ०३:५३ गते3 Mins Read

     

      कनकाई /दिनप्रतिदिन शहरीकरण हँुदै आएका झापाका मुख्य वजार क्षेत्रमा रहेका चौकहरु यतिवेला स्मार्ट चौकको रुपमा विस्तार हुँदै आएका छन् ।
    झापासहित मोरङ्, सुनसरी, उदयपुर र इलामका अति दुर्घटनास्थलको पहिचान गरेर १ नं.प्रदेश सरकारले नमूना सडक निर्माणको अभियानलाई अघि बढाएसँगै स्थानीय स्तरमा समेत यसको प्रभाव पर्न थालेको हो । स्थानीय तहको नेतृत्व जनप्रतिनिधीले सम्हाल्नु अघि नै ‘आफ्नो गाउँ आँफै बनाऔं’ भन्ने अभियानमा लागेका स्थानीय अगुवाहरु हाल जनप्रतिनिधीहरुको सहकार्य र स्थानीय संघसंस्थाहरुको सहयोगमा स्मार्ट सिटी निर्माणको प्रारम्भीक चरणमा जुटेका छन् ।

      वजार क्षेत्र शहरीकरण भएर स्मार्ट हुनु भन्दा पहिला मुख्य वजारका चौक नै व्यवस्थित हुनु पर्ने भएकाले स्थानीय तहमा जनप्रतिनिधीले नेतृत्व सम्हालेसँगै स्मार्ट सिटी निर्माणको अभियानले सर्वत्र स्थान पाएको हो । स्थानीय तहको निर्वाचनका समयमा समेत आफ्नो चुनावी घोषणा पत्रमा स्मार्ट सिटी निर्माणलाई प्राथमिक्तामा राखेका कारणले वाचा पूरा गर्नका लागि समेत स्थानीय तहको नेतृत्व गरीरहेका जनप्रतिनिधीहरु पहिलो चरणमा स्मार्ट चौक निर्माणमा सक्रिय देखिन्छन् ।

      मुख्य वजारका चौकहरुमा हुन सक्ने अत्यधिक दुर्घटनाको न्युनिकरणका लागि थप सहयोग पुग्ने विश्वासका साथ चौकवजारका वाटाहरु विस्तार गर्दै  सुन्दर र सफा राख्ने कार्यको सुरुवात गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले वताएका छन् । समयको मागसँगै मुख्य सडक खण्डको चौडाई बढाएर सडक विस्तार गर्नु पर्ने राज्यको निती अनुसार पहिलो चरणमा लोकमार्गसँग जोडीएका मुख्य वजारका चौकलाई स्मार्ट वनाउँन लागिएको नगर प्रमुख पोखरेलले वताएका छन् ।

       

      स्मार्ट चौक निर्माणका लागि यस अघि नै अभियान संचालन गरेको सहारा नेपालसँगको साझेदारीमा कनकाई नगरपालिकाले नगरका मुख्य वजार क्षेत्रलाई स्मार्ट चौक वनाउँन लागेको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा कनकाईको वडा नं. ८ स्थित लक्ष्मीपुर वजारको चौकलाई सहारा नेपाल र कनकाई नगरपालिकाको साझेदारीमा करीव २१ लाखको लागतमा प्रारम्भीक चरणको काम सम्पन्न गरेर चारवटा सिसी क्यामरा र सातवटा सोलार वत्ती जडान गरीएको वडा नं.८ का वडाअध्यक्ष प्रेमवहादुर कटुवालले वताएका छन् ।

      स्मार्ट चौक निर्माणका लागि सक्रिय रहेका लक्ष्मीपुरवासीले सुन्दर लक्ष्मीपुर विकास समाज गठन गरेर अभियानलाई निरन्तरता दिएको समाजका अध्यक्ष लिलावहादुर कटुवालले जनाएका छन् । कनकाई नगरको दुर्गापुर र सुरुङ्गा वजारमा समेत सहारा नेपालसँगको साझेदारीमा २०/२० लाखको लागतमा स्मार्ट चौक निर्माण कार्य प्रारम्भ भएको वताइएको छ ।

      निर्माण कार्यलाई सहज वनाउँनका लागि स्थानीय सामाजिक व्यक्तित्व टिकाप्रसाद पोखरेलको संयोजकत्वमा उद्योगीव्यवसायी साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेको एक जुझारु समितीको सक्रियतामा कार्य प्रारम्भ भएको जनाइएको छ । समितिको उपाध्यक्षमा युवराज संग्रौला, सचिवमा देवीप्रसाद खरेल, कोषाध्यक्षमा अम्विका खरेल र सदस्यहरुमा शान्ता अधिकारी, पवन शाह, अम्वर कार्की, मैना तिवारी, नारायण भेट्वाल लगायतका सामाजिक व्यक्तित्वहरुको सक्रियता रहेको वताइएको छ ।

      कनकाई नगर वडा नं.३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीयाको संयोजकत्वमा स्थानीय कार्यपालिका साथै परिषद सदस्यहरु रहेको अनुगमन समितिले स्मार्ट चौकको निर्माण कार्यलाई व्यवस्थित वनाउँन थप भूमिका खेलीरहेको निर्माण समितिका सचिव समेत रहेका सुरुङ्गा वजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेलले वताएका छन् । कनकाई नगरमा मात्र नभई झापाका विर्तामोड ,शिवसतासी, कमल, दमक नगर क्षेत्र लगायत अन्य वजारका चौकहरुलाई समेत स्मार्ट वनाउँनका लागि आसपासमा रहेका सवै किसिमका संरचना साथै रुखवुट्टाहरु हटाँउने काम तीव्रताका साथ भइरहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.