Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईलाई उज्यालो नगरी बनाउँने अभियानको निरन्तरतास्वरुप शान्ति टोल झलमल
    समाचार

    कनकाईलाई उज्यालो नगरी बनाउँने अभियानको निरन्तरतास्वरुप शान्ति टोल झलमल

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १४, सोमबार ०६:२७ गते2 Mins Read

    कनकाई खबर / उज्यालो नगरी बनाउँने अभियानको निरन्तरता स्वरुप झापाको कनकाई नगरपालिका ४ स्थित शान्तिटोलमा उज्यालो कार्यक्रम अन्तर्गत सडक बत्ती संचालनमा आएको छ ।

    शान्ती टोल विकास संस्थाको अगुवाइमा टोलवासी तथा वडाको समेत गरी ८५ हजारको लागतमा साझेदारी कार्यक्रम अन्तर्गत शान्ती टोलभित्र ७५ वटा सडक बत्ती विस्तार भएको सोही टोल विकास संस्थाका संयोजक दुर्गाप्रसाद चापागाईँले जानकारी दिए । विस्तार भएका सडक बत्तीको एक कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ४ का वडाअध्यक्ष गोविन्द पौडेल र टोलका बौद्धिक व्यक्तित्व डा.पुण्यप्रसाद सिग्देलबाट विद्युत मिटरको स्विच थिचेर उज्यालो कार्यक्रमको उद्घाटन गरिएको हो ।

    दुईवटा विद्युत मिटरमध्ये वडाध्यक्ष पौडेल र बौद्धिक व्यक्तित्व डा.सिग्देलबाट मिटरको स्विच थिचेर शान्ती टोललाई उज्यालो टोलका रुपमा रूपान्तरण गरी कार्यक्रम विधिवत् रुपमा सम्पन्न गरिएको हो । उज्यालो कार्यक्रमबाट १ सय १५ टोलबासी प्रत्यक्ष लाभान्वीत भएको बताइएको छ ।

    शान्ती टोल विकास संस्थाका अध्यक्ष दुर्गाप्रसाद चापागाईंको अध्यक्षता एवम् वडाअध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा टोल विकास संस्थाको सम्पूर्ण गतिविधिका बारेमा संस्थाका अध्यक्ष चापागाईँले प्रष्ट पारेका थिए ।

    टोल अन्तर्गतको उज्यालो कार्यक्रमका संयोजक अर्जुन सिटौलाले संचालन गरेको उद्घाटन कार्यक्रममा वडाध्यक्ष पौडेलले वडाको उज्यालो कार्यक्रमलाई बचाइराख्न वडाका तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे । कनकाई नगरपालिकालाई उज्यालो नगरी निर्माण गर्ने अभियानको निरन्तरता स्वरुप वडामा सडक बत्ती विस्तारको कार्यलाई तिव्रता दिइएको वडाअध्यक्ष पौडेलले बताएका छन् । संस्थाका कोषाध्यक्ष रामजी गौतमले स्वागत गरेको कार्यक्रममा टोलका बुद्धिजीवी खड्गप्रसाद विमलीले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.