कनकाई खबर \ झापाको बाह्रदसी गाउँपालिका ५ मा ८० जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेसीहरु सवैलाई नेपाली कांग्रेसका नेता तथा जिल्ला सभापतीका दाबेदार देउमान थेबेले साधारण सदस्यताको टिकट हस्तान्तरण गरेर पार्टी प्रवेश गराएका हुन् ।
नेपाली कांग्रेस बाह्रदसी गाउँपालिका ५को वडासमितिले आयोजना गरेको कार्यक्रममा वडा सभापती तुलसी खरेलको सभापतित्व रहेको थियो । नेता देउमान थेबेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभापति नवीन बिमली र गाउँपालिका अध्यक्ष खड्ग राजवंशीको विशिष्ट आतिथ्य रहेको थियो । नेताहरु इन्द्र बस्नेत , राम दुलालसहितको उपस्थिती रहेको कार्यक्रमको संचालन बाह्रदसी गाउँपालिका सभापती ओमप्रकाश गौतमले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता थेबेले नेपाली कांग्रेसमा पुरानो र नयाँको नजरले नहेरी सबै कार्यकर्तालाई समान दृष्टीकोणले हेरिने बताए । कार्यकर्ताको कामको मुल्यांकन हुने साथै जनताको सुख दुःखमा सधैं साथ दिने पार्टी भनेकै नेपाली कांग्रेस भएको प्रष्ट पार्दै नेता थेवेले अब अन्य पार्टीको भविष्य समाप्त भइसकेको दावी गरे । सम्बोधनको क्रममा नेता थेवेले आउँदो स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाउँने निश्चित भएको दावी गरे ।
