Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा रोटरीको रक्तदानमा नगर प्रमुखसहित ४० जनाले गरे रक्तदान
    समाचार

    सुरुङ्गा रोटरीको रक्तदानमा नगर प्रमुखसहित ४० जनाले गरे रक्तदान

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १२, शनिबार १६:२४ गते2 Mins Read

    कनकाई खबर \ कोरोना कहरका विचमा पनि रगतको अभाव नहोस् भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    रोटरी क्लव अफ सुरूङ्गा एवम् रोट्रयाक्ट क्लव अफ सुरूङ्गाको संयुक्त आयोजनामा होटल डिलाइट परिसरमा सम्पन्न रक्तदानमा ३ महिलासहित ४० जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक रोटरी क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले जानकारी दिएका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त क्लवको वार्षिक कार्यक्रम अनुसार नै संचालन गरिएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी विर्तामोडको रक्तसंचार सेवाले प्राविधिक सहयोग गरेको बताइएको छ ।

    रोटरी क्लव अफ सुरूङ्गाका अध्यक्ष सुशीलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४७ औं पटक रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मानवीय सेवाका क्षेत्रमा अग्रस्थानमा रहेको रोटरी क्लव अफ सुरुङ्गा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने सामाजिक संस्थाहरु मध्ये कनकाई नगरको पहिलो संस्था रहेको बताएका छन् ।

    रगत दान भनेको जीवन दान हो भन्ने कुरालाई जोड दिँदै नगर प्रमुख पोखरेलले आँफूले दिएको रगतबाट असक्त—असहाय अथवा एउटा बिपन्न परिवारको सदस्यले राहत पाउँने कुरामा आँफू विश्वस्त रहेको बताएका छन् । नगर प्रमुख पोखरेलले आजकै दिन आफ्नी माताको समेत जन्म दिन परेको कुरा व्यक्त गर्दै यो शुभअवसरमा रोटरीले आयोजना गरेको रक्तदान कार्यक्रमलाई आँफूले एउटा महत्वपूर्ण अवसरका रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

    क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्वअध्यक्ष कुमारमणि पोखरेल, निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओली सहित अन्य पदाधिकारी साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा कार्यक्रम संयोजक क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले सहभागीहरुलाई स्वागत गरेका थिए ।

    प्रेसिडेन्ट नोमिनी मोतिखर ओझाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा क्लवकी सदस्य सुस्मा उप्रेतीले टोस्ट प्रकट गरेकी थिइन् । औपचारिक कार्यक्रमको संचालन रोटरी क्लव अफ सुरुङ्गाकी सचिव सरला दहाल पोखरेल र रोट्रयाक्ट सचिव सारिका गिरीले संयुक्त रुपमा गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.