Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई क्षेत्रका बंगाली समुदायले आफ्नो विशेष महत्वको पर्व मनाउँदै (भिडियो सहित)
    समाचार

    कनकाई क्षेत्रका बंगाली समुदायले आफ्नो विशेष महत्वको पर्व मनाउँदै (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र ११, शुक्रबार १६:०३ गते2 Mins Read

    कनकाई खबर / कनकाई नगर क्षेत्रका बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँदैछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथी विहिबारदेखी षष्ठी तिथी शनिवार समापन हुने यो पर्वको विशेष महत्व रहेको बताइएको छ ।

    पुजाअर्चनाका साथ भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथी गरी तीन दिनसम्म मनाइँने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको यस समुदायका स्थानीय अगुवा प्रल्हाद शाहले बताए । यो पर्वमा माता मनसादेवीको विशेष पूजा अर्चना हुने गरेको शाहको बुझाई छ ।

    शुक्रबार एक समारोहका विच कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले बंगाली समुदायले मनाउँने विशेष पर्वको अवसरमा आयोजित कलश यात्राको रिबन काटेर विधिवत रुपमा उद्घाटन गरेका हुन् । सुरुङ्गास्थित कालिस्थान टोलबाट सुरु भएको कलश यात्राबाट कनकाई माईमा पुगेर ल्याएको जल सबैले मनसादेवीको मन्दिरमा चढाएका थिए ।

    विशेष महत्वका साथ मनसादेवीको पुजाअर्चनाबाट दुःख, कष्ट सबै नास भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमी शुक्रवारका दिन हुने मनसादेवीको यो विशेष पूजाअर्चनाकालागि एक दिन अघि चतुर्थीका दिनदेखि नै ब्रत बस्ने चलन रहेको बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलले बताए ।

    यो विशेष पर्वमा बंगाली समुदायका महिला साथै पुरुषहरुले समेत ब्रत बस्ने र मनसादेवीको विशेष पूजाअर्चना गरी रातभरी जाग्रम बस्ने चलन रहेको बंगाली समाज कनकाईका अध्यक्ष मण्डलले जानकारी दिए । दिनभरी ब्रत बसेका ब्रतालुहरुले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार (घाटरा पिठा) साथै फलफूलहरु प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।

    षष्टीका दिन बिहान बली पूजा गरेर चेलीबेटी, भान्जाभान्जी, आफन्त, साथीभाइलाई समेत बोलाएर प्रसाद खुवाउँने परम्परा रहेको बंगाली समाज सेवा समिति कनकाईका सचिव रविन मण्डलले बताए । सोही दिन बेलुका मनसादेवीको मुर्ति नदिमा लगेर सेलाएपछि मात्र यो पर्व समाप्त हुने गरेको बताइन्छ ।

    आज भन्दा २२ वर्ष अघि नै आफ्नो समुदायको संस्कृति साथै भेषभूसाको संरक्षण गर्ने उद्येश्यले बंगाली समुदाय संगठित भएपनि निष्क्रिय रुपमा रहेको समितिलाई पुनर्गठन गर्दै युवाहरुको सक्रियतामा भर्खरै युवा व्यवसायी पंकज मण्डलको संयोजकत्वमा कनकाईमा ११ सदसस्यीय नयाँ समिति गठन भई सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण गतिविधी गर्दै आएको समितिका अध्यक्ष मण्डलले जानकारी दिए । यसरी गठन भएको समितिको उपाध्यक्षमा बिगम मण्डल, सचिवमा रबिन मण्डल, सहसचिव दिपक मण्डल, कोषाध्यक्ष मीना मण्डल रहेका छन् । त्यस्तै सदस्यहरुमा मनोज मण्डल, मनिल मण्डल, सरवन मण्डल, प्रीतम शाह, निर्मला मण्डल र मीना मण्डल रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.