Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा विपन्न तथा जेहेन्दार छात्रवृत्ति वितरण
    शिक्षा

    कनकाईमा विपन्न तथा जेहेन्दार छात्रवृत्ति वितरण

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र ८, मंगलवार ०६:०७ गते2 Mins Read

    कनकाई खबर / नमुना विद्यालयको रुपमा विकास भइरहेको कनकाई नगरपालिका–३, सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

    आ.व. २०७७/०७८ को बजेटबाट कनकाई नगरपालिकाद्वारा कक्षा ११–१२ का जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति वापत प्रदान गरिएको ५ लाख रुपैयाँ एक कार्यक्रमका वीच वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशेष अतिथि कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पीताम्बर गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रप्रसाद प्रसाई लगायतले जनही ४ हजार रुपैयाँका दरले उक्त छात्रवृत्ति रकम वितरण गरेका थिए ।

    विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको सो कार्यक्रममा नमुना विद्यालय विकास गुरुयोजना अनुसार विनियोजित १ लाख र नगरमै उत्कृष्ट भए वापत कनकाई नगरपालिकाबाट प्राप्त रकम २ लाख गरी जम्मा ३ लाख रुपैयाँ शिक्षक–कर्मचारीलाई जनही ४ हजार ५ सय रुपैयाँ प्रोत्साहन रकम पनि वितरण गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले यस प्रकारका छात्रवृत्ति कार्यक्रम यो आर्थिक वर्षमा पनि निरन्तर रहने बताए । उनले कनकाई नगरमा कार्यरत सबै विद्यालय कर्मचारी र बालविकास सहयोगी कार्यकर्ता (सका) को तलब यही आर्थिक वर्ष २०७८/०७९ देखि लागु हुने गरी मासिक १५ हजार रुपैयाँ पु¥याइएको जानकारी दिए । त्यसै गरी, कार्यक्रमका विशेष अतिथि उपसचिव गौतमले नमुना विद्यालयको रुपमा विकास भइरहेको कनकाई माविले भौतिक, शैक्षिक, व्यवस्थापकीय सबै क्षेत्रमा प्रगति गर्दै गएको बताए । कार्यक्रममा शिक्षक अभिभावक संघ (पीटीए) अध्यक्ष नेत्रप्रसाद प्रसाई, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको तर्फबाट समीर चुडाल, प्रोत्साहन रकम प्राप्त गर्ने शिक्षकको तर्फबाट चन्द्रप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्ष उप्रेतीले कनकाई नगरले कनकाई माविलाई गरिरहेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

    विद्यालयका आधारभूत तहका संयोजक खेमराज भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक भीमप्रसाद दहालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.