Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वालिकासहित परिवारको आत्माहत्याबाट गाउँ नै शोकमा डुब्यो
    समाचार

    वालिकासहित परिवारको आत्माहत्याबाट गाउँ नै शोकमा डुब्यो

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र ८, मंगलवार ०४:४३ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको कनकाई १ स्थित सिर्जना टोलका एकै परिवारमा रहेका श्रीमानश्रीमतिसहित आठ महिनाकी वालिका झुन्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ ।

    डोरीको पासो लगाएर आत्महत्या गर्ने सोही ठाउँका ३४ बर्षिय रविन विश्वकर्मा, २९ वर्षिय श्रीमती मुना बिश्वकर्मा र उनीहरुकी ८ महिनाकी छोरी रुविना रहेका छन् । सोमबार विहान ८ बजे सम्म पनि घरको ढोका नखुलेपछि नजिकै घर भएकी रविनकी काकी पम्फासरी वि.क.ले आफ्नै घरबाट ठूलो स्वर गर्दै बोलाइन् । तर पनि कसैको आवाज नआएपछि अझै नजिक गएर पम्फासरीले बन्द अवस्थामा रहेको सिसाको झ्यालमा नियाल्दै आँफूले बेस्सरी कराएको कनकाई खबरलाई जानकारी दिइन् ।

    पम्फासरीको ठूलो आवाज सुनेपछि अन्य छिमेकीहरु समेत आएर बन्द अवस्थामाा रहेको सिसाको झ्यालमा नजिकैबाट हेर्दा तीनैजना झुन्डिएको अवस्थामा देखिएपछि आफन्त र छिमेकी समेत अन्यौलमा परेको स्थानीय दिलकुमारी भुजेल बताउँछिन् । घरभित्र पस्ने ढोका र भित्रका अन्य कोठाहरुमा भने भित्रैबाट ताला लगाइएको अवस्था रहेको बताइएको छ । स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि तत्काल ईलाका प्रहरी कार्यालय सुरुङ्गा र त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाबाट आएको प्रहरीले घटनास्थलको नियन्त्रण गरेको बताइएको छ ।

    बालिकालाई आमाले छातीमा टाँसेर दुबैजना एकैठाउँमा र रविन अलग्गै गरी एकै कोठामा आमने सामने आफ्नै घरको कोठामा भएको यो दर्दनाक अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा विभिन्न अड्कलबाजी भएका छन् । आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने घटनास्थलमा मुजुल्का उठाएर प्रहरीले अनुसन्धान थालेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताएका छन् । मृतक तीनैजनाको शब पोष्टमार्टमकालागि भद्रपुर लगिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए । रविन कोरोना पोजेटिभ पनि भएकाले पोष्टमार्टमपछि मंगलबार परिवारजनको उपस्थितीमा नेपाली सेनाबाट दाहसंस्कार गरिने जनाइएको छ ।

    मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण १० दिन अघिदेखि घरमै आएर होम क्वारेन्टिनमा रहँदै आएको कनकाई १ का वडाअध्यक्ष रोशन पोखरेलले जानकारी दिए ।

    आठ महिनाकी वालिकासहित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका विक परिवारको यो दुःखद घटनाले परिवार र आफन्तजन मात्र हैन सिङ्गो समाज नै शोकाकुल बनेको छ । घटनास्थलमा आएका जोकोहीका पनि आँखा रसाएका देखिन्थे । आखिर त्यो दुधे बालकको के दोष थियो होला भन्ने सवालको जवाफ घटनास्थलमा उपस्थित सबैले खोजीरहेका थिए ।

    सोही अवस्थामा रविनलाई भेट्न भनेर विराट चोकबाट आएकी ज्योती ढकाल भने यो घटनाले छाँगाबाट खसेकी थिइन् । केही महिना अघिदेखि वैदेशिक रोजगारीकालागि जापान पठाइदिने भन्दै रविनले विराट चोक क्षेत्रका २० जना भन्दा बढी साथै इटहरी, संखुवासभा लगायतका क्षेत्रका धेरै मानिसको लाखौं रुपैंया लिइसकेको भन्दै ढकाल यो घटना देखेपछि छाँगाबाट खसेकी हुन् ।

    आफ्ना ससुरासहित विराटचोकबाट रविनलाई भेट्न आएकी ज्योती वैदेशिक रोजगारीकै विषयमा किन ढिलासुस्ती भएको रहेछ भनेर घरमै भेट्न भन्दै विहानै हिडेको बताउँछिन् । ढकालका अनुसार रविनले वैदेशिक रोजगारीकालागि जापान पठाइदिने भन्दै धेरै मानिसहरुबाट पेश्की रकम लिएको खुलासा भएको छ । ज्योतीका अनुसार आफ्नो घर सुरुङ्गा बताउँने रविनले विराटचोक, इटहरी, संखुवासभा लगायतका क्षेत्रबाट वैदेशिक रोजगारीका लागि भन्दै पेश्की स्वरुप मोटो रकम लिएको बताइएको छ । यति धेरै मानिसलाई विदेश पठाइदिने भन्दै जनही एक लाखदेखी पाँच लाख सम्म नगद लिएका रविन आफ्ना सेवाग्राहीलाई जानकारी नगराई आँफै विदेश हिँडेका थिए । तर कोरोना पोजेटिभ देखिएका कारण फिर्ता भएपछि होम क्वारेन्टिनमा रहेको यो समयमा ती सबै सेवाग्राहीहरु घरमै आएपछि रविनलाई थप तनाव सिर्जना भएर यो घटना घटेको हुन सक्ने स्थानीयवासीको ठहर छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.