Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान
    पर्यटन

    अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र ६, आईतवार १६:४९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् ।

    कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, कनकाई भ्याट्रन क्लव, मदन भण्डारी स्पोर्टस एकाडेमी लगायत विभिन्न संघसंस्थाहरुले दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरेका हुन् ।

    खेलाडी तथा धावक मिरा राईले छोटो समयमै अल्ट्रा रनमा नेपालमा मात्र नभई विस्वमै नेपालको शिर उच्च हुने गरी प्राप्त गरेको सफलता साथै खेलकुदप्रतिको योगदानको उच्च कदर गर्दै यो सम्मान गरिएको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाले बताए । कनकाई नगरीमा गरिएको यो सम्मानले धावक राईलाई आगामी दिनमा समेत थप हौसला प्रदान गर्दै सफलता हात पर्ने विश्वास गरिएको छ ।

    बुबा सुकबहादुर र आमा मम्फारानी राईकी छोरी मिरा राई भोजपुरको दुम्मा गाउँपालिका ५ मा जन्मिएकी हुन् । सानै उमेरदेखि नै खेलकुदका क्षेत्रमा रुची राख्ने राईले अल्ट्रा दौड शुरु गरेको २ वर्षमै सफलताको शिखर चुम्न सफल बनेको बताइएको छ । उनी हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्विट्जरल्याण्ड, ईटाली लगायतका देशहरुमा अल्ट्रा दौडमा भाग लिएर विश्व चेम्पियन बनिसकेकी छन् । विश्वकै उकालो ओरालोमा गरिने यो दौडबाट आफ्नो प्रतिभा देखाउँने अवसर प्राप्त भएकोमा आँफैलाई गौरव लागेको भन्दै राईले आँफ्नो अनुभव बताइन् ।

    कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा १ नं. प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको प्रतिष्ठानका सचिव विनोद रानामगरले जानकारी दिएका छन् ।

    सम्मान कार्यक्रममा सहभागी कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, सुरुङ्गा खानेपानी संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, सम्मानित धावक मिरा राई लगायतले देशका यस्ता प्रतिभालाई सरकारका तर्फबाट महत्वका साथ हौसला प्रदान गर्नु पर्नेमा जोड दिएका छन् । सम्मानित धावक राईले खेलाडीलाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने गरीको कार्यक्रम ल्याउँन सरकारलाई अपिल गरेकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.