Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग
    समाचार

    जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र २, बुधबार १४:४१ गते2 Mins Read

    बिर्तामोड / इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

    बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्मा भूषालको जन्मदिनको अवसर पारेर उक्त सामाग्री वितरण गरिएको हो ।

    इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्मा भूषालको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्गता समावेशी, विकास समितिका अध्यक्ष रामराज गणेशले स्वागत गरेका थिए । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट दिनेशकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै शर्माले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा झापा गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष मोतिलाल गणेश, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवाल, पास्ट प्रेसिडेण्ट शुभ कुमाई पाठक, प्रेसिडेण्ट नोमिनी सिदार्थ नविन उप्रेती, क्लव एडमिन मनोज अग्रवाल, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी चार्टर प्रेसिडेण्ट भूमिका पोखरेल, भाइस प्रेसिडेण्ट सम्झाना भण्डारी, आइएसओ जुनु विमली उप्रेती, सेक्रेटरी मोनिका अग्रवाल, रोट्याक क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट निरज चौधरी, भाइस प्रेसिडेण्ट जितेश अग्रवाल, सेक्रेटरी श्रद्धा प्रसाई, मेम्वर निकिता ओलीलगायतले अपाङ्गता भएकाहरुलाई उक्त सामाग्री वितरण गरेका थिए । अपाङ्गता भएका १४ जना महिलालाई खाद्यन्न सामाग्रीसहित सेनेटरी प्याड, सेनिटनइजर, मास्कसमेत प्रदान गरिएको थियो ।

    सरकारले जारी गरेको लकडाउनको समयमा खाद्यन्नको अभावमा कष्टकर जीवन गुजारा गर्दै आएका उनीहरुले खाद्यन्न सामाग्री पाउँदा खुसी अनुभव गरेका थिए । जन्मदिनमा नाममा गरिने फजुल खर्चलाई कटौती गरेर शर्माले मानवीय सेवाको काम गरेको बताए । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेण्ट प्रशान्त भण्डारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.