Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन
    समाचार

    पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १, मंगलवार ०९:५८ गते2 Mins Read

    बिर्तामोड / नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ ।

    महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त इ–बुलेटिनको एक कार्यक्रमकाबीच विमोचन भएको छ ।

    नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका कोषाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि बुद्धि लामिछाने (विमल)ले इ–बुलेटिनको विमोचन गरेका हुन् ।

    महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिर्तामोडस्थित महासंघ कार्यालयमा भएको कार्यक्रममा सहभागी अतिथिले नयाँ कामको थालनी गरेकोमा प्रशंसा गरेका थिए ।

    महासंघले बैशाखदेखि साउनसम्मका गतिविधि समेटेर पहिलोपटक ३९ पेजको इ–बुलेटिन प्रकाशन गरेको हो । तीन वर्षे कार्यकालका लागि महासंघको वर्तमान नेतृत्वले ०७८ बैशाख ६ गते पदभार ग्रहण गरेपछि महासंघको संस्थागत विकास र पत्रकारको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

    कार्यक्रममा महासंघ १ नं. प्रदेश समितिका सदस्य लीलाराज झापाली, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मी, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।

    उनीहरुले कोरोना महामारीका कारण धरासायी बनेको सञ्चार क्षेत्रको विकासका लागि अघि बढ्नुपर्ने औल्याएका छन् । प्रमुख अतिथि लामिछानेले महासंघको इ–बुलेटिन दस्तावेज भएकोले महत्वपूर्ण कामको शुरुवातका लागि महासंघप्रति धन्यवाद ज्ञापन गरे । उनले मिडियाले समावेशिताको मुद्दालाई उठाउनुपर्नेमा जोड दिएका छन् ।

    लामिछानेले चाकडी पत्रकारिता बन्द गरेर खोज र व्यवसायिक पत्रकारितामा अघि बढ्न पत्रकारहरुलाई सुझाएका छन् । महासंघकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत र सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
    इ–बुलेटिनको सम्पादक मण्डलमा उपाध्यक्ष संग्रौला, सचिव लामा, सदस्यहरु स्वस्तिका आचार्य, सुनिरा मैनाली, सुष्मा राजवंशी र मनिषा चौलागाईं रहेको उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.