Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माओवादी केन्द्र कनकाईबाट दुई नेता कार्वाहीमा, प्रतिगमनकारी गुटको मतियार बनी देश र जनताप्रति गद्धार गरेको आरोप
    राजनीति

    माओवादी केन्द्र कनकाईबाट दुई नेता कार्वाहीमा, प्रतिगमनकारी गुटको मतियार बनी देश र जनताप्रति गद्धार गरेको आरोप

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण २२, शुक्रबार ०९:५० गते2 Mins Read

    प्रेस विज्ञप्तीको भाषा शैलीका कारण पार्टीको चरित्र उदाङ्गो भएको ओझाको ठहर

    कनकाई खबर / नेकपा माओवादी केन्द्र कनकाईले पार्टीको तत्कालिन नगर कमिटिका दुई जना नेतालाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ ।

    नेकपा एमाले र तत्कालिन माओवादी केन्द्र मिलेर बनेको नेकपामा माओवादी केन्द्रको भागमा परेको कनकाई ५ का पार्टी अध्यक्ष पुण्यप्रसाद ओझा र वडा नं. ७ का अध्यक्ष देवीप्रसाद भट्टराईलाई माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी पार्टीले निलम्बन गरेको नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटिले साउन २१ गते विहिवार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

    माओवादी केन्द्र कनकाई नगर संयोजक विष्णुप्रसाद बिमलीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पार्टीको विस्तारीत वैठकबाट पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निलम्बन गरेको जनाइएको छ । विज्ञप्तीमा ओझा र भट्टराईलाई प्रतिगमनकारी गुटको मतियार बनी देश र जनताप्रति गद्धार गरेको आरोप लगाइएको छ ।

    उता माओवादी केन्द्रको भागबन्डामा दुईवटा वडाको जिम्मेवारी पाएका ओझा र भट्टराई तत्कालिन माओवादी केन्द्रको पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि बन्दै आएको बताउँछन् । पार्टी विभाजनपछि पनि समाज विकासका निम्ति सामाजिक एकता कायम राख्न सधैं स्थिर रहेकै कारण सोही जिम्मेवारीमा नेकपा एमालेको तर्फबाट हाल सम्म पनि निरन्तर जनताको सेवा गर्दै आएको ओझा र भट्टराईले कनकाई खबरको जिज्ञासामा प्रष्ट पारेका छन् ।
    माओवादी केन्द्रबाट भएको कार्वाहीका बारेमा थप जिज्ञासा राख्दा ओझा र भट्टराईले ढिलै भएपनि विज्ञप्ती मार्फत आँफूहरुलाई सार्वजनिक गरिदिएकोमा माओवादी केन्द्र कनकाई नगर कमिटीलाई विशेष धन्यवाद प्रकट गरेका छन् । पार्टीको जिम्मेवारीमा रहँदा झुटको खेती नगरीकन ईमान्दारीता र निस्वार्थका साथ आँफुहरु सामाजिक क्षेत्रमा क्रियाशिल रहेकै कारण वडावासीको विश्वास जित्न सफल भएको भन्दै माओवादी केन्द्रबाट निलम्बनमा परेका ओझाले पार्टीले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा प्रयोग भएको भाषा शैलीले पनि पार्टीको चरित्र उदाङ्गो भएको प्रतिक्रिया दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.