Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अग्रज साहित्यकार पोखरेललाई जेसीजको नागरीक अभिनन्दन
    कनकाई खबर बिशेष

    अग्रज साहित्यकार पोखरेललाई जेसीजको नागरीक अभिनन्दन

    ramBy ram२०७५ माघ १५, मंगलवार १४:२४ गते3 Mins Read

      सुरुङ्गा \ सुरुङ्गा जेसीजले १० औं पदहस्तान्तरणका अवसरमा अग्रज शिक्षासेवी एवं साहित्यकार कोमलप्रसाद पोखरेललाई नागरिक अभिनन्दन गरेको छ ।
    कनकाई वहुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक, कनकाई माविका पूर्व प्रधानाध्यापक शिक्षासेवी पोखरेल दुई दर्जन भन्दा बढी विभिन्न सामाजिक, धार्मिक, साहित्यीक साथै शैक्षिक संघसंस्थावाट सम्मानित एवं पुरस्कृत भइसकेका छन् । सुरुङ्गा जेसीजले आफ्नो स्थापनाकालदेखी नै सामाजिक क्षेत्रका विभिन्न विधामा ख्याती कमाएका अग्रज व्यक्तित्वहरुलाई अभिनन्दन गर्दै आएको छ ।

       जेसीजले आफ्नो वार्षिक क्यालेन्डर अनुसार पूर्व अध्यक्ष त्रिलोचन चिमरीयाको संयोजकत्वमा पूर्व अध्यक्ष मोतीखर ओझा र शिव कडेल सदस्य रहेको उत्कृष्ट नागरिक छनौट समितिले गरेको निर्णय अनुसार पोखरेललाई अभिनन्दन गरेको वताइएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले अभिनन्दन पत्रका साथ दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन् ।

      कार्यक्रममा सुरुङ्गा जेसीज वर्ष २०१८ का अध्यक्ष भिमप्रसाद भट्टराईले वर्ष २०१९ का अध्यक्ष कमल कट्टेललाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गरेसँगै नवनिर्वाचित अध्यक्ष कट्टेलले पदभार ग्रहण गरेका थिए । जेसीज चेन हस्तान्तरणका लागि सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, एलपी उप्रेती, मोतीखर ओझा, जनक कार्की, शिवकुमार कडेल, त्रिलोचन चिमरीया, सरला पोखरेलले सहजीकरण गरेका थिए ।

        पदभार ग्रहणसँगै अध्यक्ष कट्टेलले वर्ष २०१९ का लागि आफ्नो कार्यसमितिलाई पूर्णता दिएका थिए । जेसीजको यस अघि नै सम्पन्न भएको ११ औं साधारण सभाको निर्वाचन प्रक्रियावाट दुईजना कार्यकारिणी उपाध्यक्ष सुष्मा न्यौपाने उप्रेती र दुर्गा पाठक (राजु) , चारजना उपाध्यक्षहरु सुशिला वोहोरा कार्की, चन्द्रकला ढकाल सिटौला, मेनुका (देवका) उप्रेती शिवाकोटी र किशोर दहाल ,जनसम्पर्क अधिकारीमा सुदिप भण्डारी ( टिकाराम) निर्विरोध निर्वाचित भएका थिए ।

      अध्यक्षवाट मनोनीत भएका अन्य पदाधिकारीहरुमा कानुनी सल्लाहकारमा त्रिलोचन उप्रेती, महासचिव प्रविण तिम्सिना, कोषाध्यक्ष सुमन कार्की, सचिव नमिता काफ्ले, सहकोषाध्यक्ष भुवन खरेल, तालिम संयोजक राजकुमार कट्टेल, शाखा सम्पादक यदुका उप्रेती(उषा), जेसीज सप्ताह संयोजक अर्जुन वोहोरा, प्रकरण निर्देशक विनिता मैनाली, खेलकुद संयोजक केशव शिवाकोटी, वातावरण संयोजक रामप्रसाद निरौला, सांस्कृतिक संयोजक मउसा श्रेष्ठ, संचार संयोजक प्रतापवावु जमरकट्टेल, महिला संयोजक अनमिका सिटौला, स्वास्थ्य संयोजक दिपेन्द्र प्रधान र व्यापार संयोजकमा लिला तिम्सिनालाई मनोनित गरेर अध्यक्ष कट्टेलले निवर्तमानसहितको २५ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएका हुन् ।

      कार्यक्रममा निर्वाचन समितिका संयोजक निवर्तमान अध्यक्ष जविन तिम्सिनाले नवनिर्वाचित अध्यक्ष कट्टेललाई पद तथा गोपनियताको सपद गराएका थिए भने अध्यक्ष कट्टेलले अन्य पदाधिकारीहरुलाई सपद गराएका थिए । वर्ष २०१९ का लागि स्वीकारोक्ति मन्तव्य राख्दै अध्यक्ष कट्टेलले समाजको समृद्धि साथै दिगो विकासका लागि रचनात्मक गतिविधि गर्दै जेसीजलाई प्रविधिमैत्री बनाउँने प्रतिवद्धता जनाएका छन् ।

       वर्ष २०१८ का अध्यक्ष भिमप्रसाद भट्टराईको सभापतित्व रहेको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर रविन पोखरेल, प्रदेश सभा सदस्य हीरा थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, राष्ट्रिय सहकारी वैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, नेपाली कांग्रेसका नेता देउकुमार थेवे, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष सरला पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

      कार्यक्रम संयोजक अर्जुन वोहोराको स्वागत तथा देवका उप्रेतीले आस्थावाचन गरेको कार्यक्रममा किशोर दहालले जेसीजको मिसन एण्ड भिजन प्रस्तुत गरेका थिए । स्थानीय विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधी, अन्य जेसीज शाखाका अध्यक्ष लगायत पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन त्रिलोचन उप्रेती र सुस्मा न्यौपाने उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.