Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कारितास नेपालले कनकाईमा १५० परिवारलाई स्वास्थ्य सामाग्री सेट हस्तान्तरण
    समाचार

    कारितास नेपालले कनकाईमा १५० परिवारलाई स्वास्थ्य सामाग्री सेट हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण २१, बिहीबार १२:३४ गते2 Mins Read

    कनकाई खबर / कारितास नेपालले कोरोना संक्रमण भई होम आइसोलेशनमा रहेका कनकाई नगरबासीका लागि अतिआवश्यकीय स्वास्थ्य सामाग्री सेट हस्तान्तरण गरेको छ ।

    “कोभिडमा राहत, सामाजिक क्षेत्रमा साथ, परोपकारी मनले बढाउँ सहयोगी हात” भन्ने मूल मन्त्रका साथ मानवीय सेवामा अघि बढेको कारितास नेपालले झापा र मोरङ् जिल्लामा ९०० सेट किट बक्स हस्तान्तरण गरेको संस्थाको दमक कार्यालयका प्रमुख देवेन्द्र पोखरेलले बताएका छन् । कोरोना महामारीको वर्तमान अवस्थामा थोरै भएपनि सरकारलाई सहयोग गर्ने उद्येश्यले कारितास नेपालले यस अघि मेची प्रादेशिक अस्पताललाई २६ लाख बराबरको स्वास्थ्य सामाग्री, विराटनगर कोभिड अस्पताललाई १६ लाख बराबरको साथै दमक अस्पताललाई समेत आवश्यक सहयोग गरेको कारितास नेपाल दमक शाखाका प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

    कारितास ईन्टरनेशनलको आर्थिक सहयोगमा कारितास नेपालद्धारा संचालित ‘कोभिड १९ प्रतिकार्य परियोजना २०२१’ अन्तर्गत रहेर स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएको दमक कार्यालय प्रमुख पोखरेलले बताए । कनकाई नगरपालिका क्षेत्रका कोरोना संक्रमित १५० परिवारकालागि संस्थाका तर्फबाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई किट बक्स सेट हस्तान्तरण गरिएको हो । नगरपालिका परिसरमा कारितासका तर्फबाट दमक कार्यालय प्रमुख पोखरेलसहित सामाजिक परिचालक गोविन्दराज कट्टेल र सीता भट्टराई काफ्ले, कनकाई प्रमुख विवेक शिवाकोटीसहितको उपस्थितीमा नगरप्रमुख पोखरेललाई स्वास्थ्य सामाग्रीसहितको किट बक्स हस्तान्तरण गरिएको हो । नगरपालिकामा औपचारिक रुपमा भएको स्वास्थ्य सामाग्री हस्तान्तरणपछि कारितास नेपालका पदाधिकारीहरुबाट जनप्रतिनिधिहरुसहित नगरभित्र रहेका कोरोना संक्रमितहरुसँग प्रत्यक्ष भेटघाटमा गएर स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ ।

    कारितास नेपालले कनकाई नगरमा सुरक्षित वैदेशिक रोजगारीको कार्यक्रम समेत संचालन गर्दै आएको बताइएको छ । नगर क्षेत्रमा विभिन्न सिपमूलक तालिम समेत संचालन गर्दै आएको कारितासले वेरोजगार युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउँने गरीको कार्यक्रम समेत अघि बढाएको छ ।

    कनकाईमा हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीसहितको किट बक्स सेटमा सर्जिकल मास्क दुई पाकेट, ग्लोब्स एक बट्टा, थर्ममिटर,अक्सिमिटर र ह्याण्ड वास एक—एक वटा, सेनीटाइजर २०० एमएलको दुईवटा, पारासिटामोल ३० वटा गरी एक सेट किट बक्स एक परिवारकालागि व्यवस्थापन गरिएको कारिता नेपाल कनकाईका प्रमुख विवेक शिवाकोटीले जानकारी दिएका छन् ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोरोना संक्रमितकालागि अतिआवश्यक पर्ने स्वास्थ्य सामाग्रीसहितको किट बक्स रामवाणका रुपमा रहेको भन्दै कारितास नेपालले संकटका बेला गरेको यो सहयोग महत्वपूर्ण भएको टिप्पणी गरेका छन् । मानवीय सेवामा समर्पित कारितास नेपालसँग आगामी दिनमा समेत सहकार्य गरेर अघि बढ्ने कार्यमा कनकाई नगरपालिका सधैं सकारात्मक रहेको नगर प्रमुख पोखरेलले बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.