Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको खोप अभियानमा नयाँ अभ्यास, अभियान समापन लगत्तै सर्वपक्षिय समिक्षा
    समाचार

    कनकाईको खोप अभियानमा नयाँ अभ्यास, अभियान समापन लगत्तै सर्वपक्षिय समिक्षा

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १९, मंगलवार १६:५५ गते3 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाको खोप केन्द्रमा कोरोना विरुद्धको खोप सम्पन्न भए लगत्तै सर्वपक्षिय समिक्षा सम्पन्न भएको छ ।

    भेरोसिल खोपको पहिलो मात्रा अन्तर्गत सोमबार लक्षित वर्ग ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका वडा नं.४, ५, ६ र ७ मा खोप सेवा सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको खोप केन्द्रमा सम्पन्न भएको वडा नं.४ को खोप सेवाबाट २ सय २९ महिला र १८५ पुरुष गरी ४ सय १४ जनाले खोप सेवा प्राप्त गरेको कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडेलले बताएका छन् । अत्यन्तै शान्त वातावरणमा सम्पन्न खोप सेवा कार्यक्रमबाट आगामी दिनकालागि थप सिकाई भएको वडाअध्यक्ष पौडेल बताउँछन् ।

    वडाअध्यक्ष पौडेलको सभापतित्वमा सम्पन्न समिक्षा कार्यक्रममा प्रदेश सभा सदस्य हिराकुमार थापाले संक्रमणकालिन वर्तमान अवस्थामा खोप कार्यक्रमलाई थप व्यवस्थित गर्न वडामा रहेका टोल समितिलाई परिचालन गरी उमेर समूहका आधारमा सम्बन्धित वडामै खोप संचालन गर्न सकेमा खोप सेवा सहज हुने बताएका छन् ।

    कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले खपत भएको खोप विवरणसहित हालको अवस्थाका बारेमा जानकारी गराएका थिए । नेपाली कांग्रेस वडा नं.४ का वडासभापति छत्रवहादुर कार्कीले खोप कार्यक्रम शान्तीपूर्ण र मर्यादित तरिकाले सम्पन्न भएकोमा खुशी व्यक्त गरे । कार्यक्रमको सहजीकरण खोप केन्द्रका प्रमुख यदु उप्रेतीले गरेका थिए । समिक्षा कार्यक्रममा वडाका टोलसमितिका संयोजकहरु सहित, क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडासदस्यहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायत स्थानीय सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिती रहेको बताइएको छ ।

    त्यस्तै कनकाई ५ को वडा कार्यालयमा संचालन भएको वडास्तरीय खोप सेवा कार्यक्रमको वडाअध्यक्ष कृष्णवहादुर राईको सभापतित्वमा समिक्षा बैठक सम्पन्न भएको छ ।
    वडाका सम्पूर्ण टोल विकास संस्थाका प्रमुख साथै क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी एवम् संचारकर्मीसहितको सहभागितामा सम्पन्न सर्वपक्षिय समिक्षात्मक कार्यक्रममा सहभागीहरुले कनकाई ५ को खोप कार्यक्रम अत्यन्तै अनुशासित र मर्यादित भएको टिप्पणी गरेका छन् ।

    वडामा खपत भएको खोपको बारेमा प्रष्ट पार्दै खोप सेवा केन्द्रका प्रमुख कुलबहादुर गुरुङ्ले २ सय २८ महिला र २ सय २० पुरुष गरी जम्मा ४ सय ४८ जना ५५ वर्ष माथिका वडावासीले खोप सेवा पाएको बताएका छन् । वडामा क्रियाशिल टोलविकास संस्था, क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियन्ता लगायतको सक्रिय सहभागिताले खोप सेवा संचालनमा ठूलो सहयोग पुगेको खोप सेवा केन्द्रका प्रमुख गुरुङ्ले जानकारी दिएका छन् ।

    वडासचिव डिल्ली बि.क.ले संचालन गरेको समिक्षात्मक कार्यक्रममा नेपाली कांग्रेसका वडासभापति गोविन्द कार्की, एमालेका हेमकर्ण अधिकारी, माआवादीका प्रेम ओली, राप्रपा नेपालका तीलक बस्नेत, टोलविकास संस्थाका गंगाराम अधिकारी, पत्रकार राम निरौला लगायतले वडावासीको सक्रियतामा भएको खोप सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । खोप सेवालाई जनस्तर सम्म पुर्याउँन नगरपालिकाले थप पहल गर्नु पर्नेमा जोड दिँदै वडाका अगुवा समाजसेवी रमेश दहालले लक्षित वर्गलाई थप सहज र प्राथमिक्ताका साथ खोप संचालन गर्नु पर्नेमा जोड दिएका छन् ।

    सोही दिन सम्पन्न कनकाई नगरपालिकाको कार्यालयमा रहेको खोप केन्द्रमा वडा नं.६ का १५५ र वडा नं. ७ का १७५ गरी जम्मा ३ सय ३० जना वडावासीले खोप सेवा लिएको खोप केन्द्रका प्रमुख कृष्णप्रसाद रिमालले बताएका छन् । कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली र वडा नं.७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाले आगामी दिनमा वडावासीलाई अझै बढी खोप सेवा प्रदान गर्ने कार्यमा वडा समितिका तर्फबाट सक्दो पहल रहने बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Comments are closed.

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.