Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको खोप अभियानमा कुनै अनियमितता भएको छैनः नगर प्रमुख पोखरेल
    समाचार

    कनकाईको खोप अभियानमा कुनै अनियमितता भएको छैनः नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १९, मंगलवार १५:२५ गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाले संचालन गरेको कोरोना विरुद्धको खोप अभियानमा कुनै अनियमितता नभएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।
    प्राथमिक स्वास्थ्य केन्द्रको खोप केन्द्रमा बेपत्ता भएको भनिएका खोपका विषयमा सम्बन्धित केन्द्रका स्वास्थ्यकर्मी र कर्मचारीसँग स्पष्टीकरण माग गर्दै सुरक्षाकर्मी साथै संचारकर्मीसहितको उपस्थितीमा नगर प्रमुख पोखरेलले खोपका विषयमा कनकाई नगरपालिकाको तर्फबाट कुनै किसिमको अनियमितता नभएको प्रष्ट पारेका छन् ।

    खोपलाई चुस्तदुरुस्त बनाउँने कार्यमा नगरपालिकाको सिङ्गो टिम सचेत रहेको भन्दै नगर प्रमुख पोखरेलले कनकाईमा एउटै मात्र पनि खोपको दुरुपयोग भएको प्रमाणित भएमा त्यस्तो गतिविधिमा सम्लग्न जोकोहीलाई पनि नियमअनुसार तुरुन्त सजाय हुने कुरामा आँफू प्रतिवद्ध रहेको बताएका छन् । केन्द्रबाट आएको सिमित खोपलाई अत्यन्तै संवेदनशिलताका साथ कार्यपालिकाको बैठकमा व्यापक छलफल गरी आवश्यक्ता अनुसार खोप केन्द्रमा जिम्मेवारी समेत तोकेर खोपलाई व्यवस्थित बनाइएको नगर प्रमुख पोखरेलले प्रष्ट पारेका छन् ।

    नगरवासीलाई बढी भन्दा बढी खोप लगाउँने कार्यमा नगरपालिका गम्भिर भएको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले सकारात्मक साथै रचनात्मक सहयोगकालागि क्रियाशिल राजनीतिक दल, सामाजिक संघसंस्था, उद्योगीव्यवसायी, वौद्धिक समाज लगायत सरोकारवाला सबैसँग अपिल गरेका छन् ।

    कनकाई नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दंगालले प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको खोप केन्द्रमा यहि साउन १७ गतेका दिन खटिएका कर्मचारीको प्राविधिक त्रुटीका कारण खोपका विषयमा स्वास्थ्यकर्मी समेत अन्यौलमा परेको बताएका छन् । भेरोसिल खोपको पहिलो मात्रा अन्तर्गत आइतवार र सोमबार लक्षित वर्ग ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका ३ हजार बढी नगरवासीले खोप सेवा लिएका छन् ।

    आइतवार सम्पन्न भएको खोप कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रको खोप केन्द्रमा ६५ र नगरपालिकाको खोप केन्द्रमा ८ डोज खोपको मात्रा बेपत्ता भएको समाचार कनकाई खबरको अनलाइन संस्करणले महत्वका साथ सार्वजनिक गरेसँगै सर्वत्र चासोको विषय बनेको थियो । सर्वत्र चासोको विषय बनेको खोपका विषयमा नगरको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्रमा थप ३३ डोज खोपको रजिष्टरमा रेकर्ड राख्न छुटेको र ८ डोज खोपको मात्रा खेर गएको जानकारी दिँदै जम्मा ६७६ खोपको हिसाब देखाएको छ । त्यस्तै नगरपालिकाको खोप केन्द्रमा ८ डोज खोप खेर गएको जनाइएको छ ।

    यसरी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार साउन १७ र १८ गते दुई दिनमा क्रमशः १८४० र ११९४ गरी ३ हजार ३४ डोज कोरोना विरुद्धको भेरोसिल खोप ५५ वर्ष माथिका नगरवासीका निम्ति खपत भएको बताइएको छ ।

    उता स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार कनकाई नगरमा यस पटक भेरोसिलको पहिलो खोपको मात्रा ३ हजार ९६ डोज खोप आएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.