Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बहुमुखी प्रतिभाका धनी तुलसीदास श्रेष्ठ
    विचार

    बहुमुखी प्रतिभाका धनी तुलसीदास श्रेष्ठ

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १९, मंगलवार ०९:५१ गते3 Mins Read

    कनकाई खबर \ सामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य जानकारी मात्र हुनसक्छ । तर झापा सुरुङ्गालाई आफ्नो कर्मथलो बनाएर आफ्नो स्वर्ण जीवन पत्रकारिता, साहित्य र शिक्षण पेशामा समर्पित गरेर सदासदाका लागि अमर बनेका तुलसीदास श्रेष्ठ बहुमुखी प्रतिभाका धनी थिए । उनी साहित्यकार, सञ्चारकर्मी र शिक्षक मात्र थिएनन्, उनी गायक पनि थिए, उत्कृष्ट उद्घोषक पनि थिए । उनको विषयवस्तु प्रस्तुत गर्ने शैली अति प्रभावकारी थियो, स्रोताहरु उनीतर्फ सहजै आकर्षित हुन्थे । साँचो अर्थमा उनी एक कलाकार थिए, एक असल शिक्षाकर्मी र एक असल अभिभावक थिए ।

    झापाका पुराना साहित्यकार तथा पत्रकार तुलसीदास श्रेष्ठ अहिले यस धराधाममा छैनन् । हामी वीच उनका स्मृतिहरु मात्र छन् । उनका असल कर्महरु छन् । सरल, मृदुभाषी र इमान्दार छबि भएका श्रेष्ठले करिब ६० वर्ष साहित्यमा कलम चलाए । वि।सं। १९९५ मंसिर २५ गते इलामको शान्तिपुरमा जन्मिएका श्रेष्ठ लामो समयदेखि शिक्षण पेशामा आबद्ध रहे । उनी दुई दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहे ।

    कनकाई नगरका विभिन्न सामाजिक संघसंस्था तथा नेपाल सरकारका विभिन्न निकायबाट उत्कृष्ट शिक्षक र साहित्यकारका रुपमा सम्मानित तुलसीदास श्रेष्ठ कनकाई नगरको शिक्षाको विकासमा कोशेढुंगा हुन् । उनी नर्मल तालिम लिएर ४० वर्ष बढी उनी शिक्षण पेशामा आबद्ध रहे र आज उनी यस पृथ्वीमा नरहे पनि उनका विद्यार्थीहरु उनलाई अति नै श्रद्धाका साथ स्मरण गर्छन् । एक असल शिक्षकले विद्यार्थीलाई शिक्षा र सिकाइप्रति जागरुक गराउँछ र उसमा ज्ञानको भोक जगाइदिन्छ । उनी त्यस्तै शिक्षक थिए । विद्यार्थीलाई विषयवस्तु घोकाउनेभन्दा पढ्न प्रेरणा दिने र उसको बारेमा, उसको पढाइको बारेमा चासो राखिरहने तुलसी सर सबैका प्यारा थिए । सहनशीलता, मित्रता, नम्रता र सरलता उनका आभूषण थिए । एउटा मानिसको जीवन त्यति लामो हुँदैन, जति मानिसको आफू, आफ्नो समाज र मानवजातिका लागि केही गर्ने चाहना हुन्छ । तर तुलसी सरको जीवनमा उनले औसत मानिसले गर्नेभन्दा बढी काम गरेका छन् । शिक्षा, पत्रकारिता र साहित्य क्षेत्रमा उनले गरेका योगदान हामी सबैका हृदयमा जुगजुगसम्म अमिट छाप बनेर रहनेछन् ।

    साहित्य सर्जक श्रेष्ठको एक शिक्षक उपन्यास– २०३५, अतित दोहोरिन्छ कथा संग्रह– २०५७, वर्तमान यस्तै छ कविता संग्रह– २०६० र आदर्श मान्छे उपन्यास– २०६१ गरी जम्मा ४ कृति प्रकाशन भएका छन् । कनकाई प्रतिभा प्रतिष्ठान, विवेचना दैनिक भद्रपुर, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गा, सुरुङ्गा सहकार्य युवा क्लब, जिल्ला शिक्षा कार्यालय झापा, नेपाल शिक्षक संगठन झापा, प्यारागन एकाडेमी सुरुङ्गा तथा अन्य थुप्रै संघ संस्थाहरूबाट सम्मानित तथा अभिनन्दित भएका साहित्यकार तथा पत्रकार श्रेष्ठ कनकाई नगरवासीका लागि सँधै एक प्रेरणापुञ्ज बनेर रहिरहेका छन् ।

    उनले पूर्वाञ्चल दैनिक, विवेचना दैनिक, राष्ट्रिय समाचार समिति, दोमुखा मासिक लगायत दर्जनौँ पत्रपत्रिकामा लेखक तथा सम्वाददाताका रुपमा रही काम गरेका थिए । दार्जिलिङबाट प्रकाशित हुने ‘भारती’ मासिक पत्रिकामा ‘इच्छा’ कविता प्रकाशनसँगै साहित्य क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ रोग र बुढ्यौलीले च्याप्दै लगेपछि पनि विभिन्न फुटकर लेख रचना, अनुसन्धानमुलक लेख, कथा, कविताहरु पत्रपत्रिकामा लेख्दै आएका थिए । उनी लामो समयसम्म कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा शिक्षण पेशामा संलग्न रही निवृत्त जीवन बिताउँदै आएका थिए । २०७४ साल माघ २६ गते उनले भूलोक त्यागी परमधामको यात्रा गरेका थिए । सबै शिष्यहरुका लागि आँखामा नबिझाउने, शिक्षा क्षेत्रको विकासमा चिन्तनशील श्रेष्ठ एक उज्ज्वल नक्षत्रका रुपमा सदासर्वदा आम शिष्यहरु, अभिभावकहरु र साहित्यका अनुरागीका हृदयमा रहिरहनेछन् ।
    प्रस्तुति ः तीर्थराज खरेल

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.