Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा १ हजार ७ सय ९१ जनाले लगाए भेरोसिल खोप
    समाचार

    कनकाईमा १ हजार ७ सय ९१ जनाले लगाए भेरोसिल खोप

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १७, आईतवार १५:५६ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा छुट्टा छुट्टै तीन स्थानमा भएको कोरोना विरुद्धको खोप अभियानमा आज १ हजार ७ सय ९१ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

    कनकाईको खोप अभियानमा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको खोप केन्द्रमा ६५ डोज र वडा नं.१ र २ को खोप सेवा संचालन भएको नगरपालिकाको खोप केन्द्रमा ८ डोज गरी जम्मा ७३ डोज खोप हिसावमा नआएको खोप केन्द्रमा राखिएको रजिष्टरले देखाएको छ । सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ६ सय ३५ जनाले खोप सेवा लिएको सोही खोप केन्द्रका प्रमुख कुलबहादुर गुरुङ्ले बताएका छन् । खोप लगाउँनकालागि स्वास्थ्य केन्द्रमा भण्डारण गरी राखिएको ७ सय डोज खोप बाहिर निकालिएको भएपनि अरु ६५ डोज खोपका बारेमा आँफू पनि अन्यौलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा.मनिश तिमल्सिना बताउँछन् ।

    भण्डारण गरीएको खोपको जिम्मेवार व्यक्ति केन्द्रका स्वास्थ्यकर्मी राजु दङ्गालका अनुसार ३ सय ५० भायल अर्थात ७ सय डोज खोप उनी आँफैले बाहिर निकालिदिएको हो । खोपको पहिलो ३ सय डोज कनकाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गालले बुझिलिएको हो । त्यस्तै दोस्रो पटक २ सय डोज स्वास्थ्यकर्मी सर्मिला सेड्याइँले र तेस्रो पटक २ सय डोज स्टाप नर्स सरस्वती मास्केले बुझिलिएको केन्द्रका राजु दङ्गाल बताउँछन् । तर खोप केन्द्रको रेकर्डमा भने ६३५ जनाले मात्र सेवा लिएको देखिन्छ ।

    १०२ वर्षिय रेणुका पोखरेलले खोप सेवा लिँदै

    कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयासहित वडासदस्यहरु, खोप केन्द्रका प्रमुख कुलबहादुर गुरुङ्, सुरक्षाकर्मी, पत्रकार, खोप केन्द्रका अन्य प्रतिनिधिसहितको उपस्थितीमा सो संख्या प्रमाणित गरेर वडाअध्यक्षले रजिष्टर जिम्मा लिएको बताइएको छ ।

    यस बारेमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गाललाई राखिएको जिज्ञासामा खोप सेवा लिएका अरु ५५ जनाको रजिष्टरमा रेकर्ड राख्न छुटेको उनी बताउँछन् । त्यस्तै वडा नं.१ र २ को खोप सेवा संचालन भएको कनकाई नगरपालिकाको खोप केन्द्रका प्रमुख कृष्णप्रसाद रिमालले रेकर्ड राख्ने काममा कमजोरी भएको हुन सक्ने बताए ।

    नगरपालिकाले आजदेखि तीन दिन सम्म खोप कार्यक्रम संचालन गर्ने गरी सार्वजनिक गरेको सुचनाका आधारमा भेरोसिल खोपको पहिलो मात्रा अन्तर्गत आज आइतवार लक्षित समूह ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका १ हजार ७ सय ९१ जनाले खोप सेवा लिएका हुन् । जसमध्ये कनकाई ३ की १०५ वर्षिय जानकीदेवी घिमिरे र कनकाई १ की १०२ वर्षिय रेणुका पोखरेल, ९५ वर्षका मुक्तिनाथ अधिकारी लगायतका जेष्ठ नागरीकले समेत खोप सेवा लिएका छन् ।

    खोप कार्यक्रम अन्तर्गत कनकाईको वडा नं.८ र ९ लाई कनकाई ९ को वडा कार्यालयमा खोप सेवा संचालन गरिएको सोही खोप केन्द्रका प्रमुख यदु उप्रेती बताउँछन् । यसरी संचालन गरिएको खोप अन्तर्गत ५ सय जनाले खोप सेवा लिएको कनकाई ९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशीले जानकारी दिएका छन् । खोप अभियानमा वडाका जनप्रतिनिधि, कर्मचारी, रेडक्रसकर्मी, शिक्षक लगायतको सहकार्य रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.